arrow

एमसीसीबिरुद्व बुटवलमा चर्को बिरोध, नेपाललाई अमेरिकी सैन्य अखडा नवनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७७ असार ९ मंगलबार
mmc-birod.PNG


नारायण वली, रुपन्देही । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बिरुद्व रुपन्देहीका क्रियाशील विभिन्न दलहरुले मंगलवार (आज) बुटवलमा बिरोध प्रर्दशन गरेका छन् । एमसीसी सम्झौता राष्ट्रको हित विपरित भएको भन्दै विभिन्न ११ वटा राजनितिक दलहरुले बुटवलमा बिरोध जनाएका हुन् । 

नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनतान्त्रिक मोर्चा, नेकपा माओवादी केन्द्र, नेकपा संयुक्त, जागरण मञ्च र राष्ट्रिय जागरण परिषद् नेपाल लगायतका बिभिन्न अन्य दलहरुले अमेरिकी सहयोग एमसीसीको बिरोध जनाएका थिए । 

संसदबाट एमसीसी पास गराएर सरकारले नेपाल र नेपाली जनताको हित बिपरित नेपालमा अमेरिकी सेना भित्राउन लागेको भन्दै उक्त राजनितिक दलहरुले सरकारको चर्को बिरोध गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य पे्रम सुवेदीले एमसीसीका कारण बैदेशिक हस्तक्षेप बढेको जिकिर गरेको थिए । 

यस्तै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा रुपन्देहीका अध्यक्ष बद्रे आलमले सरकारले ल्याउन लागेको एमसीसी परियोजना नेपालमा एमसीसी लागू भए विदेशीले नेपालको भूमिलाई प्रयोगशालाको रुपमा प्रयोग गर्ने ठोकुवा गरे । कार्यक्रममा नेकपा मसालका प्रवक्ता नारायण जीसीले एमसीसी मुलुकको हित विपरित रहेको ठहर गर्दै भारतीय पक्षले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न र कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन पहलकदम चाल्नु पर्ने वताएका थिए ।

विरोध प्रर्दशनमा नेपाल कम्युनिष्ट पार्टी मालेका स्थायी समिति सदस्य गोपालमणि गौतम, नेकपा संयुक्तका कृष्ण बहादुर गुरुङ, जागरण मञ्चका नेता खगुपती न्यौपाने, राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चका अध्यक्ष पदम बहादुर कार्की, देशभक्त गणतान्त्रिक मोर्चाका दल बहादुर छन्त्याल, राष्ट्रिय जागरण परिषद् नेपाल रुपन्देहीका अध्यक्ष चित्र बहादुर थापा र नेकपा क्रान्तिकारी माओवादीका विनोद मरासीनी लगायतले वोल्दै सरकारले एमसीसी पास गराएमा नेपालमा अमेरिकी सैन्य अखडा वढ्ने भन्दै त्यसो नगराउन आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ