arrow

एक्लिएका ओली दल फुटाउने अध्यादेश फेरि ल्याउने गृहकार्यमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार ११ बिहिबार
kp-oli-parliament.jpg

काठमाडौं। सत्तारुढ नेकपाको बुधवारको वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यन्तै धेरै गुनासो गरे। नेकपाका अध्यक्ष र प्रधानमन्त्री समेत रहेका ओली निकै कमजोर रुपमा प्रस्तुत हुँदा आफूलाई चौतर्फी घेरावन्दीमा पारेको अभिव्यक्ती समेत दिए। वहुमतको खेल गर्न खोजेको बताउने क्रममा उनले आफूलाई अत्यन्तै कमजोर रहेको पेश गरे। 

हुन पनि अर्का अध्यक्ष प्रचण्डले पालैपालो प्रधानमन्त्री हुने कुरा त्यागेर कमजोरी गरेको कुरा नेकपा बैठकमा भन्न भ्याए। प्रधानमन्त्रीको अहंकार बढेको भनेर प्रचण्डले वैठकमै ओलीको हुर्मत लिएपछि उनी एकाएक कर्कलो गलेको जस्तै देखिए। 

वैठकको अघिल्लो दिन सभामुखले संसद वैठक एक हप्ता पर सारेर एमसीसी संसदमा ल्याउन नदिएको विषयमा आक्रोश पोखेका प्रधानमन्त्री ओलीले आफू बिरुद्ध संगठित रुपमा भएको घेराबन्दीको चाल पाइरहेकै थिए।

अघिल्लो पटकको पार्टीको विवाद चीनको हस्तक्षेप पछि सुल्झिए पनि यो पटक ओली नितान्त सबैतिरबाट एक्लो परेको देखिएको छ। खासगरि आफ्नै पार्टीभित्र ओली नितान्त एक्लो झै देखिएका छन्।      

प्रधानमन्त्रीको अभिव्यक्तिमा पनि उनी एक्लिदै गएको संकेत मिल्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बताउँछन्। प्रधानमन्त्रीले दलभित्र विश्वास गुमाउँदै गएको संकेत उनको अभिव्यक्तिमा पाइने त्रिपाठीले बताए। 

सबैतिरबाट एक्लिदै गएको हतासामा प्रधानमन्त्रीले आफैले ल्याएर आफैले फिर्ता लिएको दलसम्वन्धी अध्यादेशलाई फेरि व्यूँताउने सक्ने आँकलन पनि शुरु भएको छ। 

कोरोना महामारीका कारण जारी लकडाउनकै समयमा पनि ओलीले संघीय समाजवादी र राजपा फुटाउने गरि ल्याएको दल सम्वन्धी अध्यादेश व्यापक दवाव पछि फिर्ता लिनुपरेको थियो। 

यतिखेर दलभित्र र वाहिर सबैतिरबाट पेलानमा परेका ओलीले आफ्नै अस्तित्वको खोजीमा लागेको अनुमान स्वयं नेकपाकै कतिपय नेता कार्यकर्ताहरु व्यक्त गर्छन। 

यो अवस्थामा विगतमा फिर्ता लिएको सो अध्यादेश फेरि ल्याउनुपर्ने अवस्था हुनसक्नेतर्फ ओलीले निकटहरुसँग छलफल गरेका छन्। वालुवाटार स्रोतका अनुसार बुधवारको वैठकबाट ओली थप सशंकित भएका छन्।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट एकैपटक हटाइदिने हुनकी भन्ने चिन्ता उनीमाथी व्यापक परेको छ। बुधवारको स्थायी समिति वैठकमा एक व्यक्ति एक पदको कुरा उठाएर उनी इतरकाहरुले ओलीमाथि थप दवाव समेत बढाएका छन्।        

यो अवस्थामा पुरानै नेकपा एमाले वा अर्कै पार्टी बनाउन पनि अध्यादेश व्यूँताउनु पर्ने बारेमा उनी छलफलमा रहेको वालुवाटार स्रोतको दावी छ। सकेसम्म नेकपा हत्याउने धेरै घेरावन्दी गरेर अप्ठ्यारो पारे नयाँ पार्टी खोल्ने गरि पनि ओलीको तयारी रहेको दावी छ। नेकपाको वैठक कसरी जाने हो त्यसमा धेरै कुरा निर्भर हुने देखिएको छ। 

सरकारले यस अघी फिर्ता लिएको अध्यादेशमा मौजुदा दल विभाजनको लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउनु पर्ने प्रावधानलाई खुकुलो बनाई केन्द्रीय समिति वा संसदीय दल मध्ये एकमा ४० प्रतिशत पुर्‍याए हुने व्यवस्था  थियो।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ