arrow

स्याङ्जाको वालिङमा पनि एमसीसीको विरोध

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ असार १३ शनिबार
MCC-Birodh-shyanjga.jpg

स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिकाका स्थानीय युवाले मिलेनीएम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायतका समसामयिक घटनाक्रमलाई जोडेर सरकार विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले एमसीसी खारेज, भ्रष्टाचारीलाई कारवाही, सरिता गिरीलाई कारवाही गर, सचेत नागरिक एक हौं भन्ने जस्ता नारा लेखेरसहित विरोध प्रदर्शन गरेका हुन् ।

वालिङ नगरपालिका ११ स्थित पर्यटकीय क्षेत्र बाहुनथानमा पुगेर उनीहरुले प्रदर्शन गरेका थिए । बाहुनथानमा राखिएको नेपालको १२ फिट अग्लो राष्ट्रिय झण्डामुनि बसेर युवाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरुले केहि दिनदेखि बिहानको समय बाहुनथामा बसेर विरोध गर्दै आएको जनाए ।

अगाडि र पछाडि राष्ट्रिय झण्डालाई साक्षी राख्दै कुनै पनि संघसंस्था र संगठनमा आवद्ध नभइ एक सच्चा नेपालीका नाताले स्वतःस्फुर्त रुपमा प्रदर्शन गरेको सहभागी मध्येका एक युवा कृष्ण डुम्रेले जानकारी दिए । अमेरिकाको ५० करोड डलर अनुदान सहयोगका नाउँमा नेपालका न्याय कानून सबै मिचिने छन् भन्दै उनीहरुले त्यस्तो हुन नदिन आग्रह गरे। उनीहरुले एमसीसी पास भएमा नेपाल अफगानिस्तान जस्तो बन्ने दाबी गरे ।

एमसीसी सम्झौता कार्यान्वयनका लागि परियोजना र नेपाल र सरकारबीच भएको सहमति अनुसार असार १६ देखि परियोजना कार्यान्वयन सुरु हुने सहमति गरिएको छ । एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयन सुरु भएको ५ वर्षमा नसकिए बाँकी अनुदान रकम फिर्ता जाने प्रावधान छ । एमसीसी परियोजनामा झन्डै ५५ अर्ब नेपाली रुपैयाँ ऊर्जा र यातायात र पूर्वाधारका क्षेत्रमा खर्च गरिने सहमति छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ