arrow

ओम्नी ग्रुपलाई पोस्दै ओली सरकार, दिइयो नेपाल टेलिकमको अर्बौंको डिलर

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सामग्री खरीद अनियमिततामा मुसिएको थियो ओम्नी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १४ आइतबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोस्दै आएका ओम्नी ग्रुपलाई फेरि अर्को एउटा शुभलाभको काम जिम्मा दिइएको छ । ओम्नीलाई नेपाल टेलिकमको रिचार्ज कार्डको डिलर दिइएको हो । 

स्वास्थ्य मन्त्रालयको १ अरब २४ करोडको स्वास्थ्य सामग्री खरीद प्रकरणमा अनियमिततामा मुसिएको ओम्नीलाई प्रधानमन्त्री नै दाहिना भएपछि एकपछि अर्को सरकारी निकायहरु पोस्ने अभियानमा जुटेका हुन्।ओम्नीले अत्यधिक महंगोमा ल्याउन लागेको स्वास्थ्य सामग्री खरीद प्रक्रिया विवादमा परेपछि स्वास्थ्य सेवा विभागल खरीद सम्झौता रद्ध गरेको थियो। अहिले यहि कम्पनीलाई फेरि टेलिकमको डिलर दिइएको हो।  

सञ्चार मन्त्रालय स्रोतका अनुसार नियम मिचेर ओम्नीलाई टेलिकमको डिलर बनाइएको हो । ओम्नीलाई टेलिकममा भित्राइनुलाई रहस्यमय मानिएको छ । 

टेलिकमको रिचार्ज कार्डको डिलर बन्न दुई वर्ष सबडिलर भएको अनुभव हुनुपर्छ । ओम्नीको सबडिलर बनेको अनुभव छैन । तैपनि नियम मिचेर ओम्नीलाई टेलिकमको डिलर बनाइएको हो ।

सञ्चार मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री निवासको ठाडो हस्तक्षेपमा ओम्नीलाई डिलर बनाइएको हो। स्रोत अनुसार ओम्नीलाई डिलर बनाउन प्रधानमन्त्री निवासले टेलिकममा ठाडो निर्देशन दिएको थियो ।

साउन १ बाट लागू हुनेगरि ओम्नीलाई डिलरको काम दिइएको हो। नेपाल टेलिकमको रिचार्जमा अर्बौंको कारोबार हुँदै आएको छ। 

अहिले टेलिकमका ४५ वटा डिलर कम्पनी मध्ये करिब १५ वटा मात्र सक्रिय छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ