arrow

नेकपाको स्थायी समिति वैठक अब शितलनिवासमै !

राष्ट्रपति भण्डारीले संविधान र संस्थाको मर्यादा बिपरित गई गणतन्त्रकै अवमूल्यन गरेको आरोप

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १८ बिहिबार
gagan-ramhari-vijaya.jpg

काठमाडौं। सत्तारुढ दल नेकपाको आन्तरिक राजनीतिमा देखिएको विवादमा देशको अभिभावकीय संस्था राष्ट्रपतिलाई मुसेकोमा सर्वत्र बिरोध भएको छ। 

राष्ट्रपति व्यक्ति नभइ देशको अभिभावकीय संस्था भएपनि नेकपाको विवादमा राष्ट्रपति संलग्न गर्नु र गराइएकाप्रति राजनीतिक तहदेखि नागरिक तहसम्म सर्वत्र बिरोध भएको हो। 

दल बिशेषको विवादमा राष्ट्रपति सहभागी हुनु संविधानको बिरुद्ध रहेको र यो कार्यमा सहभागी भएर राष्ट्रपतिले गणत्नत्रको अवमूल्यन गरेको समेत कुरा उठेको छ। 

नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपतिलाई सम्झाउँदै राष्ट्रपति संस्था पार्टीभन्दा धेरै उच्च हो भन्ने सम्झाइरहनु नपर्ला भनेका छन्। पार्टी विवादमा राष्ट्रपतिलाई संलग्न हुनु वा गराउनु जिम्मेवारीको दुरुपयोग गर्नु रहेको जनाउँदै थापाले यस्तो कार्य संविधान र संस्थाको मर्यादाको खिलाफ रहेको बताएका छन्। उनले यसलाई गणतन्त्रको अवमूल्यन समेत भनेका छन्। 

गगन थापा

राष्ट्रपति व्यक्ति होइन संस्था हो। पार्टी विवादमा राष्ट्रपति संलग्न हुनु/गराउनु आफ्नो जिम्मेवारीको दुरुपयोग गर्नु हो, संविधान र संस्थाको मर्यादाको खिलाफमा हो, गणतन्त्रकै अवमूल्यन हो।@PresidentofNP ज्यू, राष्ट्रपति संस्था पार्टीभन्दा धेरै उच्च हो भन्ने सम्झाइरहनु नपर्ला!

अर्का कांग्रेस नेता रामहरी खतिवडाले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भइरहेको वैठक राष्ट्रपति कार्यालयमा सार्न भन्दै व्यङग्य गरेका छन्। उनल सुझाव दिएका नेकपाको स्थायी समितिको वैठक खुमलटार वालुवाटार र शितलनिवासका गतिविधि हेर्दा शनिवारको नेकपाको स्थायी समितिको वैठक शितलनिवासमा गर्न भनेका हुन्। 

रामहरी खतिवडा

खुमलटार, वालुवाटार र शीतल निवासका आज दिनभरीका गतिविधि हेर्दा शनिवारको नेकपा स्थायी समितको बैठक राष्ट्र्रपतिको संरक्षकत्वमा शीतलनिवासमा वस्दा ठिक हुने देखियो । कि अब तेसै गर्नेकि ? दुबै अध्यक्षलाई अनुरोध ।

वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले दल बिशेषको वैठक चलिरहेका बेला राजनैतिक विवाद छलफल गर्न राष्ट्रपति भवन ओहोर दोहोर गर्नु संविधानको मर्यादा र राष्ट्रपति पदको गरिमाका बिरुद्ध रहेको उल्लेख गर्दै संविधानले राजनिति भन्दा माथीको राष्ट्रपति अपेक्षा गर्ने बताएका छन्।

विजयकुमार पाण्डे

कुनै पनि राजनैतिक दलको बैठक, चालु रहेको अवस्थामा, कुनै पनि नेता (प्रधानमंत्री समेत )-बैठक आगे-पिछे वा बैठकै छोडेर, राजनैतिक विवाद छलफल गर्न राष्ट्रपति भवन ओहर-दोहर गर्नु ;  संविधानको मर्यादा र राष्ट्रपति पदको गरिमाका खिलाफ हो। संविधानले राजनिति भन्दा माथीको राष्ट्रपति अपेक्षा गर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ