arrow

पटकपटक धोका पाएका प्रचण्ड ओलीसंग फेरि भेटन पुगे बालुवाटारमा

ओली इतर समूह भन्छ –प्रचण्ड पार्टी बचाउने अन्तिम कसरतमा 

logo
प्रकाशित २०७७ असार १९ शुक्रबार
oli-prachanda.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट नजिक पुगेको दावी गरिन्छ । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अपमानित हुँदा र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट धोका पाएका पुष्पकमल दाहाल प्रचण्ड पार्टी फुटबाट जोगाउन प्रधानमन्त्री निवास बालुवाटार गएका छन् । 

प्रचण्ड निकट एक नेताका अनुसार प्रचण्ड शुक्रबार बिहान ओलीलाई भेट्न बालुवाटार गएका हुन् । पार्टीका कसैलाई पनि नभेट्ने बताएका ओलीले आफ्नो पक्षमा माहोल बनाउन निर्देशन दिइसकेका छन् । सोही निर्देशन अनुसार भक्तपुर, पोखरा लगायत विभिन्न ठाउँमा छिट्फुट प्रदर्शन समेत भएका छन् । 

पछिल्ला घटनाक्रमले पार्टी जुट्ने भन्दा फुटको दिशामा अघि बढेपछि चिन्तामा रहेका प्रचण्ड बालुवाटार हानिएका हुन्। उनी पार्टी विभाजनको बाटो ठूलो नबनाउन ओलीलाई आग्रह गर्न बालुवाटार पुगेका हुन् । पार्टी एकीकरण अघिनै सहमतिबाटै सत्ता र पार्टी संचालन गर्ने दुई नेताबीच समझदारी भए पनि सो अनुसार हुन सकेको छैन । 

पछिल्ला अढाइ वर्षमा प्रचण्डले आधा कार्यकालको प्रधानमन्त्री बन्ने सहमतिलाई पनि छोड्न वाध्य भए । पार्टीभित्र पटक पटक त्याग गर्दै आए पनि आफूलाई कर्नरमा पारिएको महसुस प्रचण्डले गर्दै आएका छन् । 

उनीजस्तै झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले समेत केपी ओलीबाट अपमान एवं धोका सहँदै आएका छन् । 

यसका बाबजूद पनि उनीहरु पार्टी एकीकरण गरेर जाने पक्षमा देखिएका छन् । तर यसका लागि पार्टीको निर्णय केपी ओलीले मान्नुपर्ने उनीहरुको सर्त रहेको छ । 

४५ जनाको स्थायी कमिटीमा ३० जना प्रचण्ड–नेपालको पक्षमा रहेका छन् । १५ जनामात्रै ओली खेमामा छन् । यति हुँदा हुँदै पनि पार्टी एकीकरणको बेलामा जनमतको अपमान नगर्नका लागि वार्ता गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् । 

स्रोतका अनुसार दुवैबीच पार्टी संचालनमा यसअघि गरिएका सहमतिअनुसार जानुपर्ने, सरकारबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि सहज गरिदिनुपर्ने र अध्यादेश ल्याउने लगायतका गतिविधि नगर्न आग्रह समेत गरेका छन् । 

बिहीबार संसद अधिवेशन स्थगित नगर्ने सहमति विपरीत ओलीले संसद विघटन गरेपछि प्रचण्डले ओलीलाई प्रश्न सोध्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ