arrow

नेकपाको लफडा लम्बियो, पार्टी फुट रोक्न कसरत, स्थायी कमिटी सोमबारसम्मका लागि स्थगित

logo
प्रकाशित २०७७ असार २० शनिबार
ncp-sthi-committee.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २२ गते (आगामी सोमबार) सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार बैठक मङ्गलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको समस्या समाधान गर्न थप छलफल गर्नुपरेकाले बैठक स्थगन गरिएको प्रचार विभाग उपप्रमुख थापाले बताए ।  

नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) संविधान संशोधनलगायत विषयमा छलफल गर्नका लागि यही असार १० गतेदेखि जारी रहेको छ ।

बैठकमा ४५ स्थायी कमिटी सदस्य र पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग र  लेखा आयोगका अध्यक्ष ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजक र सल्लाहकार परिषद्का संयोजकसहित ५० जनाको सहभागी रहेको छ । बैठकमा अहिलेसम्म ३७ जनाले आआफ्नो धारणा राखिसकेका छन् । 

ओली–प्रचण्ड छलफलमा
पार्टी फुटनजिक पुगेको प्रचार नेकपाका नेताहरुले नै भनिरहँदा अध्यक्षद्धय ओली र प्रचण्ड छलफलमा रहेका छन् । शुक्रबार पनि झण्डै चार घण्टा उनीहरुले छलफल गरेका थिए । 

ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षको चाबी आफैसंग राखेर अधिनायकवादी चरित्र देखाएको आरोप प्रचण्ड पक्षको छ । ओली तानाशाही शैलीले चलेका कारण उनको यो गतिविधि नसहने भन्दै स्थायी कमिटी बैठकमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा मागेका छन् । 

हठी स्वभावका ओलीले दुवै पदबाट राजीनामा नदिने भन्दै राष्ट्रपतिसंग मिलेर संसद अधिवेशन नै अन्त्य गरेका थिए । ताकि संसदमा राजीनामाको कुरो नचलोस् । 

उनले आफू अनुकुल अध्यादेश ल्याएर भए पनि नेकपा फुटाउने खेलमा लागेको भन्ने चर्चा पनि छ । अहिले इतर पक्ष र ओली पक्षका दोस्रो र तेस्रो तहका नेताहरु सहमति नतोडी पार्टी एकता कायमै राख्न दवाव दिइरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ