arrow

प्रचण्डले भने, ‘माधवजी आज थाकियो भोलि बसौला’

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २३ मंगलबार
kp-prachanda-madhav.jpg

काठमाडौं। नेकपाका अध्यक्ष केपी ओलीसँग सामुहिक रुपमा असहमती राख्दै आएका प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेतालाई अल्मल्याएर प्रधानमन्त्री ओली प्रचण्डसँग मात्र छलफलमा केन्द्रीत भएका छन्। 

हुन त ओलीले पूर्व एमालेका नेताहरुको नाम पनि सुन्न मन पराएका छैनन्। उनले सरकारलाई असहयोग गरिरहेका अनुभूती गरेका पूर्व एमालेका नेताहरुसँग पार्टीको औपचारिक फोरममा बाहेक भेट्न इच्छा पनि जनाएका छैनन। 

पार्टीको आन्तरिक तनावकै बीचमा चिनियाँ राजदुत होउ यान्छी सक्रिय भएकी छिन्। एमाले र माओवादीलाई मिलाएर नेकपा बनाउन भूमिका खेलेको चीन नेकपालाई कुनै पनि हालतमा एक बनाइराख्न चाहन्छ। 

यसअघी फुट्ने अवस्थामा पुगेको नेकपालाई उनै यान्छीले बचाउने भूमिका खेलेकी थिइन। यो पटक गहिरिएको संकटका बीचमा यान्छीले विभिन्न नेताहरुसँग भेट्ने क्रममै नेकपाका नेता माधव कुमार नेपालसँग पनि भेटिन। 

यो भेट कसैले लुकाउन नचाहेको देखियो। आइतवार भएको सो भेटपछि सोमबार फेरि दुई अध्यक्ष छलफलमा बसे। स्थायी समिति वैठक दुई दिन पछि सारियो। 

लामै रस्साकस्सीबीच सहमतीको मिलनबिन्दु खोज्ने प्रयास जारी छ। प्रधानमन्त्री र अध्यक्ष दुबै नछोड्ने अडानबाट ओलीले पार्टीमा सेरेमोनियल मात्र भएपनि अध्यक्षमा बस्न खोजेका छन भने प्रधानमन्त्री नछोड्ने दोहोर्‍याइरहेका छन्। 

प्रचण्ड भने ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा दिलाइ छाड्ने अभियानमा लागेका छन्। प्रचण्डका सहयात्री अन्य नेताहरु पनि ओलीलाई हटाई छाड्ने अभियानमा छन्। 

सोमबार दिनभरजसो ओली सहितका नेताहरुसँग छलफलमा बसेका प्रचण्डसँग सोमबार माधव नेपालले कुरा गर्न चाहेका थिए। तर उनीसँग प्रचण्डले फोनमा मात्र कुरा गरे। प्रचण्डले उनलाई आज थाकियो भोलि भेटौला भन्दै टारिदिए। 

प्रचण्डको अभिव्यक्तिपछि नेपालको मनमा केहि शंका पसेको उनी निकट एक नेताले बताए। नेपाल निकट एक नेताले त प्रचण्डले आफूहरुलाई धोका दिएको हुनसक्ने बताए। आफ्नो लागि पावर सेयरिङमा कुरा मिलाउने चरणमा पुगेका प्रचण्डले आफूहरुलाई ध्यान नदिएपछि नेपालले आफू निकटहरुसँग प्रचण्डले धोका दिएका त छैनन् भनेर सोधेको स्रोतले बतायो। 

आइतवार राती चिनियाँ राजदुतसँग भेटेका नेता नेपालले चिनियाँ नेताहरुसँग पनि कुराकानी गरेका थिए । सबै नेतालाई थामथाम थुमथुम पार्न अघी सरेकी राजदुत यान्छी अघी सर्दै जाँदा नेपालसँग भेट गर्न प्रचण्डले अनिच्छा गर्दा भने नेपाल विच्किने कुरालाई भने बल पुर्‍याएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ