arrow

घर घर पुगेर राजनीतिक भैलो खेल्दै चिनियाँ राजदुत यान्छी

आइतवार नेपाललाई भेटेकी यान्छीले मंगलवार भेटिन खनाललाई

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २३ मंगलबार
khanal-yanchhi.jpg

काठमाडौं। नेकपाको जारी विवादको समाधान खोज्न नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जिम्मा नै उठाएकी देखिएको छ। तिहारको बेला घरघरमा पुगेर भैली खेल्नै शैलीमा नेकपाका नेताहरुको घरघरमा पुगेर यान्छीले नेकपाका नेताहरुको जुँगाको लडाई अन्त्य गर्ने चिनियाँ क्याप्सुल दिदै हिडेकी छिन्। 

दुई दिनअघी माधव नेपालसँग भेटेकी यान्छीले मंगलबार नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटेकी छिन्। बिहान खनालनिवास डल्लु पुगेकी राजदूत यान्छी र नेता खनालबीच ४५ मिनेट कुराकानी भएको खनाल निकट एक नेताले बताए। 

नेकपाभित्र विवाद चर्किएकै बेला केही दिनअघि राजदूत यान्छीले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरी छलफल गरेकी थिइन् । त्यसपछि समस्या समाधानको विकल्प सहित उनी अन्य नेताहरुसँग छलफलमा जुटेकी हुन्। यसलाई अहिले राजनीतिक वृत्तमा चिनियाँ क्याप्सुलका रुपमा व्याख्या गर्न थालिएको छ। 

नेकपाभित्र पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल सहित स्थायी समितिका ३० जना सदस्यहरुले राजीनामा माग भएपछि विवाद चर्किएको हो।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले हुल्लडहरुले राजीनामा माग्दैमा नदिने भनेपछि अर्का अध्यक्षले स्थायी समिति वैठक राखेर निर्णय समेत गराउन सकेका छैनन। नेकपाको जारी स्थायी समिति बैठकसमेत तेस्रोपटक स्थगित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ