arrow

काँग्रेसले भन्यो–निर्णायक वार्ताबारे केही जानकारी छैन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
478532909.jpeg
काठमाडौँ । सीमाङ्कनमा चित्त नबुझी आन्दोलनरत तराई मधेसकेन्द्रित दलसँग बुधबार गर्ने भनिएको निर्णायक वार्ताका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई कुनै जानकारी नै छैन । 

“सत्तारुढ दलहरुले तराई मधेसीवादी दलसँग निर्णायक वार्ता आज गर्ने भनी भ्रम र मिडियाबाजी मात्र गरे, कहाँ र कहिले वार्ता हुन्छ, नेकालाई कुनै जानकारी छैन”–नेकाका प्रवक्ता दीलेन्द्रप्रसाद बडूले सञ्चारकर्मीलाई भने । 

नेका संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बिहान बसेको पदाधिकारी बैठकपछि उनले निर्णायक वार्ताका बारेमा नेकालाई कुनै जानकारी नभएको बताए । सरकारमा सहभागी दल, प्रमुख प्रतिपक्षी दल र आन्दोलनरत पक्षसँग मुख्यतः सीमाङ्कनका विषयमा आज निर्णायक वार्ता हुने सार्वजानिक भएको थियो । 

बैठकले आफ्ना पार्टी सभापति सुशील कोइरालाको कार्यसमयमा आएको पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयकलाई परिमार्जन नगरी जस्ताकोतस्तै ल्याउन सरकारसँग मागसमेत गरेको छ । 

नेकाका कार्यवाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, प्रवक्ता बडूलगायतको सहभागिता थियो । 

बैठकले तराई मधेसमा आन्दोलनरत पक्षले उठान गरेका मुख्य माग सीमाङ्कनलाई सम्बोधन गर्न नेका नेतृत्वको सरकारले निर्वाचन क्षेत्र निर्धारण र समावेशीताबारे संविधान संशोधन विधेयकलाई अगाडि बढाउन पनि सरकारसँग माग गरेको प्रवक्ता बडूले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ