arrow

उइगरहरुको चीनमा श्रम शोषण, जवर्जस्ती लगाइयो मास्क उत्पादनमा

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन १३ मंगलबार
uyghur-muslim-china.jpg

काठमाडौं। चीनको सिन्जियाङ प्रान्तका उत्पिडनमा परेका उइगर समुदायहरुलाई चिनियाँ कम्पनीहरुले जबरजस्ती मास्क उत्पादनमा लगाएर श्रम शोषण गरेको उइगुर समुदायको लागि अन्तराष्ट्रियस्तरमा वकालत गर्ने संस्थाहरुले बताएका छन्। न्युयोर्क टाइम्सका अनुसार सरकारले सञ्‍चालन गरेका केही संक्रमण नियन्त्रणविरुद्धका काममा उइगरहरुलाई प्रयोग गरिरहेको भिडियो सार्वजनिक भएको छ। 

उइगरहरु चीनको अल्पसंख्यक मुस्लिम समुदायहरु हुन्। कोरोना महामारीको जोखिम भएका क्षेत्रमा अहिले उइगर र अन्य अल्पसंख्यक समुदायका मानिसहरुलाई काममा लगाइएको छ। ती कम्पनीहरुले अधिकांशरुपमा आन्तरिक प्रयोगका लागि सामग्रीहरु उत्पादन गर्छन। न्युयोर्क टाइम्सका अनुसार सिन्जियाङ बाहिर पनि धेरै उइगरहरुलाई लगेर श्रम शोषण भइरहेको छ।

चीनमा उइगरहरुको जनसंख्या घटनाउने रणनीतिहरु र उनीहरुमाथि उत्पिडन गर्ने काम चिनियाँ अधिकारीहरुले गरिरहेका छन्। चीनको उइगर र अल्संख्यक मुस्लिम समुदायले आधारभूत मानवअधिकारको उपभोगसमेत गर्न पाएका छैनन्।

उनीहरुको मानवअधिकार उल्लंघन भएको भन्दै अन्तर्राष्ट्रियस्तरबाट चर्को आलोचना र दवाव परिरहेको छ। सिन्जियाङमा मानवअधिकारको चरम उल्लंघन भएको भन्दै आवाज उठाउने अमेरिकी अधिकारीहरुलाई चीनले प्रतिबन्ध लगाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ