arrow

पौडेल निवास पुगिन् चिनियाँ राजदूत यान्छी

logo
प्रकाशित २०७७ साउन १३ मंगलबार
yanchi-poudel.jpg

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा मंगलबार उनीहरुबीच नेपाल र चीनबीचको औपचारिक सम्बन्ध स्थापना भएको ६३औँ वर्ष गाँठको अवसरमा भेट भएको नेता पौडेलको निजी सचिवालयले जनाएको छ । 

सो अवसरमा उनीहरुबीच बिपी कोइराला र माओत्से तुङ्का पालादेखिको कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीको बीचको सम्बन्ध तथा चीन सरकारले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि सहयोग गर्ने बारेमा छलफल भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ