arrow

अयोध्यामा मोदी कर्ता भएको श्रीराम मन्दिरको भूमिपूजनका पुरोहित झापाका दुर्गाप्रसाद गौतम

logo
हाम्रा कुरा
प्रकाशित २०७७ साउन २३ शुक्रबार
modi-nepali-pandit.jpg

भारत । अयोध्यामा राम मन्दिर निर्माणका लागि बुधवार भूमिपूजन भयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन गरे । 

बहुप्रतिक्षित भूमिपूजनमा संसारभरका हिन्दुहरुको चासो थियो । त्यतिकै चासो थियो भूमिपूजन कस्ले गराउँछ भन्नेमा । मोदी कर्ता भएर गरिएको भूमिपूजन भने नेपाली पुरोहितले गराएको खुलेको छ ।

अयोध्या अध्ययनसँगै अध्यापन गराउँदै आएका झापाका दुर्गाप्रसाद गौतमले पुरोहितका रूपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भूमिपूजन गराएका हुन् । उनी झापाको बाहुनडाँगीका स्थायी बासिन्दा भएको बीबीसी नेपाली सेवाले समेत जनाएको छ ।

नेपालमा प्राथमिक शिक्षा लिएर अध्ययनका लागि भारत गएका गौतमले बनारस र दिल्लीबाट उच्च शिक्षा हासिल गरेका छन् । 

गौतमले अहिले अयोध्यास्थित एउटा वेद विद्याश्रममा शिक्षणको काम गरिरहेका छन् । संस्कृत व्याकरणमा आचार्य गरेका गौतम अहिले विद्यावारिधिको तयारीमा छन् ।

‘अयोध्याको गौरवपूर्ण कार्यक्रममा महत्वपूर्ण भूमिका’ निर्वाह गर्न पाउँदा आफूलाई गौरव अनुभूति भएको प्रतिक्रिया उनले संचारमाध्यलाई दिएका छन् । उनले अगाडि भनेका छन्, ‘म नेपालको छोरा हुँ। नेपाल र भारतको सम्बन्ध धेरै राम्रो छ।’ 

हिन्दू धर्वालम्बीले विष्णुको सातौं अवतार मान्ने भगवान् रामको जन्मस्थल मानिएको अयोध्यामा बुधवार राम मन्दिर निर्माण गर्न भूमिपूजन तथा शिलान्यास सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ