arrow

सेञ्चुरी बैंकको कार्डमा थ्रिडी सुरक्षा, थप सुरक्षित हुने

logo
प्रकाशित २०७७ साउन २३ शुक्रबार
century-bank--3D-card.jpg

काठमाडौं। गुणस्तरीय सेवा प्रदान गर्न सेञ्चुरी कमर्सियल बैँकले आइजिल्याड टेक्नोलोजीको सहकार्यमा सुरक्षित भिसा डेबिट, क्रेडिट र ट्राभल कार्डको सेवा सुरु गरेको जनाएको छ।

सो सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्र्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई  विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सक्ने बताइएको छ।

ग्राहकहरुले कार्ड प्रयोग गर्दा अन टाइम पासवर्ड (ओटिपी) आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त हुनेछ, जसले गर्दा कारोवार अझ सुरक्षित हुने कम्पनीको दावी रहेको छ। थ्रिडि सुरक्षित सेवामा कार्डको पासवर्ड र ओटिपी दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुने प्रेस बिज्ञप्तिमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ