arrow

इसेवा र बहराईन फाइनान्सिङ कम्पनीबीच रेमिट्यान्स सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७७ साउन २६ सोमबार
esewa-bfc.jpg

काठमाडौं। बहराईनमा रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी (बिएफसी) र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको बताइएको छ।

यो सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बिएफसी  ५५ वटा शाखाहरु साथै उसको एपबाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्ने बताइएको छ। नगदमा पठाइएको पैसा सिधै इसेवा वालेटमा प्राप्त गर्दा ग्राहकलाई रु ५५ क्यास ब्याक अफर पनि दिइएको इसेवाले बताएको छ। 

इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स साथै एजेन्ट बेस रेमिट्यान्स सेवा मार्फत नेपालमा पैसा प्रदान गर्दै आइरहेको बताएको छ। अहिलेको परिस्थितिलाई डिजिटल माध्यमबाट आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको बताइएको छ। इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनिको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ