- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्यु शंकास्पद रहेको नेपाल प्रेस युनियनले जनाएको छ । बुधबार बानियाँको मृत्यु भएको पुष्टि भएपछि युनियनले प्रेस विज्ञप्ति निकाल्दै बानियाँको मृत्यु शंकास्पद रहेको जनाएको हो ।
गत सोमबार काठमाडौंको बल्खुस्थित वागमती खोलाबाट बेपत्ता भएको भनिएका वानियाँको मङगलबार बिहानै शव फेला परेपनि बुधवार मात्रै पहिचान भएको हो ।
‘अनुहारमा गहिरो चोट लागेको अवस्थामा फेला परेका बानियाँको मृत्यु दुर्घटनाका कारण, आत्महत्याका कारण वा हत्या के कारणबाट भएको हो यकिन नभएको अवस्थामा अनेक शंका पैदा भएको छ’ युनियनका महासचिव अजयबाबु सिवाकोटीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘उनको मृत्यु उनले विगतमा लेखेका समाचारसँग जोडिएर भएको छ वा छैन भन्ने पनि प्रश्न उब्जेको छ । प्रेस युनियन उनको मृत्युसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरि सत्यतथ्य वाहिर ल्याउन नेपाल प्रहरी सहित सम्वन्धित पक्षसँग जोडदार माग गर्दछ ।’
वरिष्ठ पत्रकार वलराम वानियाँको असामान्य मृत्युको खबरले नेपाल प्रेस युनियन अत्यन्तै मर्माहत भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।