सिटी एक्सप्रेसबाट पठाएको रकम एनआईसी एशिया लघुवित्तका शाखाहरुबाट भुक्तानी लिन सकिने
प्रकाशित २०७७ साउन २९ बिहिबार
916
Shares
काठमाडौं। सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था बिच भुक्तानी सम्बन्धी सम्झौता भएको बताएको छ। सम्झौता बमोजिन सिटी एक्सप्रेस मनि ट्रान्सफर बाटको पठाएको पैसा एनआईसी एशिया लघुवित्तका शाखाहरुबाट भुक्तानी हुनेछ। एनआईसी एशियाका देशभर १०५ लघुवित्तका शाखाहरु सजिलै भुक्तानी हुने कम्पनीले जनाएको छ। उक्त शाखाहरु मार्फत सिटी एक्सप्रेसका आन्तरिक तथा अन्तराष्ट्रिय कारोबारहरुको भुक्तानी बताइएको छ।
सो सम्झौतामा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द टण्डन र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्माले हस्ताक्षर गरेका हुन।
सिटी एक्सप्रेसले रेमिटान्सले बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया,अष्ट्रलिया, आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तरर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८५०० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।