arrow

एनसेल पब्लिक कम्पनीमा गएसँगै सर्वसाधारणलाई सेयर बाड्नु पर्ने दवावमा

इन्टरनेट सेवा प्रदायक पनि पब्लिक कम्पनीमा अझै गएनन

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
ncell-axiate-company-logo.jpeg

काठमाडौं ।  नेपालमा टेलिफोन सेवा प्रदान गर्दै आएका सेवा प्रदायक नीजि तर्फका कम्पनी एनसेल  पब्लिक कम्पनीमा दर्ता भएको छ । कम्पनी ऐन २०६३ अनुसार ५ करोड रुपैयाँ भन्दा बढी चुक्तापुँजी भएका कम्पनीहरु पब्लिक कम्पनीका रुपमा दर्ता हुनुपर्ने व्यवस्था अनुसार अहिलेसम्म एनसेल मात्रै पब्लिक कम्पनीमा दर्ता भएको हो । 

पब्लिक कम्पनीमा गएपछि सर्वसाधारणलाई साधारण सेयर समेत जारी गर्नु पर्नेछ । लामो समय देखि संचालनमा आए पनि पब्लिक कम्पनीमा जान र सर्वसाधारणलाई सेयर जारी आनाकानी गर्दै आएका छन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयले एनसेल पब्लिक कम्पनी लिमिटेडमा दर्ता भएको जानकारी गराएको हो । उद्योग विभागलाई कम्पनी रजिष्ट्रारको कार्यालयले लेखको पत्र अनुसार एनसेल पव्लिक लिमिटेडमा गएको र राज्यलाई तिर्ने कर तिरिसकेको कारण आफ्नो आम्दानीको निश्चित रकम विदेश लैजाने बाटो खुलेको जनाइएको छ । उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले ठुला करदाता कार्यालयले समेत एनसेलले सबै कर तिरेको जानकारी गराइसकेकाले एनसेलले आफ्नो आम्दानी विदेश लैजान सक्ने भएको जानकारी दिए ।


अरु गएनन् पव्लिक कम्पनीमा
कम्पनी ऐन अनुसार अन्य दुरसंञ्चार सेवा प्रदायक कम्पनीहरुको चुक्तापुँजी ५ करोड रुपैयाँ भन्दा बढी रहेकाले तिनीहरुले पनि पब्लिक कम्पनीमा दर्ता भए सर्वसाधारणलाई समेत निश्चित सेयर आपिओ मार्फत बाढ्नु पर्नेछ । कम्पनी रजिष्ट्रार कार्यालयका एक अधिकारीका अनुसार अन्य दुरसञ्चार कम्पनीहरु समेत पव्लिक कम्पनीका रुपमा गएका छैनन । यी कम्पनीहरु नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएर सञ्चालनमा रही दुरसंचार सेवा प्रदान गर्दै आएका कम्पनीहरु हुन् । 

कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार केही इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको पनि चुक्तापुँजी ५ करोड रुपैयाँ भन्दा माथि रहेको छ । दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएर ५ करोड रुपैयाँ भन्दा माथि चुक्तापुँजी रहेका कुनै पनि कम्पनी पव्लिक कम्पनी लिमिटेडका रुपमा दर्ता भएका कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

 कार्यालयका अनुसार सुविसु, वल्र्ड लिंक, ब्रोडलिंक लगायतका कम्पनीको पनि चुक्तापुँजी ५ करोड रुपैयाँ भन्दा बढी रहेकाले पव्लिक कम्पनीमा जानुपर्ने दवाव रहेको छ । तर, हालसम्म यी कम्पनीहरु समेत पव्लिक कम्पनीमा गएका छैनन् । सरकारी स्वामित्व समेत भएको नेपाल टेलिकमले भने पब्लिक कम्पनीमा गएर एफपिओ जारी गरी सर्वसाधारणलाई सेयर जारी गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ