arrow

रक्षामन्त्री पोखरेलको लोभले विग्रियो रक्षा मन्त्रालय र जंगी अड्डाको सम्बन्ध,  मन्त्रालय जान छाडे प्रधानसेनापती  

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ३० शुक्रबार
army-chief-purnachanadra-is.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक विवाद चर्किरहँदा सरकारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारी सम्हालिरहेका ईश्वर पोखरेल र जंगी अड्डाबीचको सम्बन्ध चिसिएको छ । रक्षामन्त्री पोखरेलले सेनाको कामको विषयलाई लिएर टिका टिप्पणी गर्न थाले पछि रक्षामन्त्रालय र जंगी अड्डाबीचको सम्बन्धमा दरार उत्पन्न भएको हो । साउन १६ गते रक्षा मन्त्रालयको सभाकक्षमा आयोजित कार्यक्रमममा प्रधानसेनापतिकै अगाडी पोखरेलले सेनामाथी टिप्पणी गरेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले मन्त्रीकै कारण आफूहरुलाई काम गर्न असजिलो भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग गुनासो समेत गरेका छन् ।

रक्षामन्त्री पोखरेल विगत देखिनै आर्थिक मामिलामा कमजोर व्यक्तिका रुपमा आरोपित छन् । उनले जुनकुनै योजना र निर्णयमा पनि आफ्नो नाफाघाटा हिसाब गर्ने गर्छन् भन्ने आरोप लाग्दै आएको भएपनि रक्षामन्त्रालय सम्हालेपछि उनलाई त्यो आरोपबाट छवि सुधार्ने मौका थियो । कोभिड–१९ रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिको संयोजक हुँदा नै असफल भैसकेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले साउन १६ गते सार्वजनिक मञ्चबाटै भनिदिएका थिए,  लकिरको फकिर जस्तो कार्यशैली भयो हाम्रो, यो भनेको जोगी जस्तो हो । उनले त्यसो भनेपछि प्रधानसेनापति थापा झस्केका थिए । उनले सेनाका कारोबारभित्र आफनो आर्थिक लाभहानी खोजेको र त्यसभित्र आफ्नो पनि हिस्सा खोज्न थालेपछि मन्त्री र सेनाको नेतृत्वका बीचमा टकराव आएको अनुमान लगाउन थालिएको छ । स्वास्थ्यसामग्री खरीदमा आपूर्तीकर्ताहरुबाट कमिसन खान रक्षामन्त्री पोखरेलले दवाव दिएको बिषय पनि यस बीचमा सेनाले प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छ । पोखरेलको सेनामाथीका टिप्पणी त्यसैको परिणति थियो भन्ने मत बढ्दै गएको छ । 

बिहान पनि त्यहीबाटो, बेलुका पनि त्यही बाटो जोगी भिक्षा माग्न गयो भने मान्छेहरुले पत्याउदैनन्, सधै यही बाटो मात्र माग्न आउछ भनेर भिक्षा दिदैनन् । त्यस्तै भयो हाम्रो कार्यशैली । आज पनि त्यही, हिजो पनि त्यही र भोलि पनि त्यही । लकिरको फकिर जस्तो । फाष्ट ट्रयाकमा सेना र पोखरेलबीच कुरा मिलेको छैन । फाष्ट ट्रयाकको कन्सल्यान्ट छनौटदेखिका कतिपय काममा मन्त्रीले सेनाका काममा हस्तक्षेप गर्न खोजेका थिए । तर सेनाले त्यसमा सहमति जनाएको थिएन । उनले आफुलाई आर्थिक रुपमा लाभ दिने विचौलियालाई कन्सल्टयान्ट नियुक्त गर्नेदेखि सेनाका कारोवारमा समेत कुनै न कुनै रुपमा हिस्सा खोज्न थालेका कारण विवाद उत्पन्न भएको स्रोतको दावी छ । 
 
मन्त्री पोखरेलले त्यस्तो कुरा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानसेनापति थापाले मन्त्रीबाट असहयोग भएको गुनासो गरे । त्यो थाहा पाएपछि रक्षामन्त्री पोखरेलले सेनाका  केही जर्नेलहरुलाई बोलाएर ‘म बिरूद्व समाचार लेखाउन वर्दीधारी सक्रिय भए’ भनेर समेत भनेका छन् । रक्षामन्त्रीले आफू बिरूद्व समाचार लेख लेखाउन वर्दीवालहरू सक्रिय रहेको बताएका थिए । । स्रोतका अनुसार उपप्रधान तथा रक्षामन्त्री पोखरेलको बिरूद्व र प्रधानसेनापति पूर्णचन्द्र थापाको बचाउ गर्ने आशयमा केही सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि र गराएपछि उनले रक्षा सचिव र रथी प्रभुराम शर्मालाई बोलाएर छलफल गरेका थिए । मन्त्री पोखरेल सहित चारजनाको यो गोप्य छलफलमा उनले आफू बिरूद्व समाचार लेखाउन वर्दीधारी सक्रिय भएको सूचना पाएको बताएका थिए । 

विगतमा वहालवाला गृहमन्त्री रामबहादुर थापा (बादल) रक्षामन्त्री हुदा प्रधानसेनापतिसँग बढेको तिक्ततापुर्ण सम्बन्धले रुक्मांगत कट्वाल प्रकरण भएको थियो । जसका कारण प्रचण्डले त्यसबेला प्रधानमन्त्रीबाटै राजीनामा दिएका थिए । तर अहिले मन्त्री र सेनाका बीचमा उस्तै संकट देखा पर्न थालेको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र सेनापति पूर्णचन्द्र थापाका बीचमा टसल बढेपछि प्रधानसेनापति थापा रक्षा मन्त्रालय कम जान थालेको सैनिक मूख्यालय स्रोतले जनाएको छ । यस्तो टसल बढनुमा एउटै कारण देखा पर्छ, त्यो हो ब्यक्तिगत स्वार्थ । मन्त्री पोखरेल आफ्नो लाभका लागि राजनीति गर्ने नेतामा गनिन्छन् । त्यही भएर पनि हुनसक्छ, उनले सार्वजनिक समारोहमै भनिदिए, नेपाली सेना ‘लकिरको फकिर’ (जोगी) जस्तो मात्र भयो । पोखरेलले सेनालाई अपमान गर्ने गरी जोगीको संज्ञा दिदै टिप्पणी गरेका थिए । ‘यो टिप्पणी पछि सेनाले पोरखेलसँग बढेको विवादका विषयमा प्रधानमन्त्री केपी ओलीसँग पनि भेटेर आफ्नो कुरा राखिसकेको छ’ । यो प्रकरण मात्र होइन, पोखरेल र सेनाबीच कोभिड १९ का कमाण्ड सम्हाल्दा समेत कुरा मिलेन, सैनिक मूख्यालय स्रोतले भन्यो । कोरोनाको लागि आवश्यक औषधी खरिद प्रकरणका विषयमा पनि सेनालाई विवादमा तानेको भन्दै मन्त्रीसँग सैनिक मूख्यालय असन्तुष्ट छ । सरकारले जीटुजी अन्तर्गत सेनामार्फत औषधी खरिदको पछिल्लो निर्णय लिएको थियो । तर ओम्नीले खरीद गरेको सामान नसकिएसम्म सेनालाई स्वास्थ्यसामग्री ल्याउन पनि अवरोध गरेर बद्नाम गरेकोमा पनि सेनाको असन्तुष्टी छ । त्यही असन्तुष्टिका कारण भारतबाट खरिद गर्नुपर्ने औषधि समेत सेनाले खरिद नगर्ने भएको छ । 

पोखरेलले आफुलाई समेत कमिसन आउने भएपछि विवादास्पद ओम्नी कम्पनीलाई औषधी खरिदको जिम्मा उच्चस्तरीय संयन्त्रका नाममा गरेका थिए । उनले नै ओम्नीले ल्याउने सामानको पीपीई लगायतको पहिलो प्रयोग परिक्षण समेत गरेका थिए । कमिसनका नाममा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई समेत दबाबमा उनले ओम्नीलाई औषधी खरिदको जिम्मा लगाएका थिए । ओम्नीले एकलट सामान पनि ल्यायो । तर सामानको गुणस्तर,  बढी मूल्यबारेमा प्रश्न उठेपछि सरकारले ओम्नीसँगको औषधी खरिद सम्झौता भंग गरेको थियो । रक्षामन्त्री पोखरेलले ओम्नीले ल्याएको औषधी प्रयोग नसकिदा सम्म सेनालाई खरिदमा अवरोध हाल्ने काम गरेको गुनासो पनि सेनाको छ । सेनाका काममा रक्षामन्त्री पोखरेलले आर्थिक नजरले आफनो नाफाघाटा दाँज्न थालेपछि बढेको विवाद अत्यन्त तिक्त अवस्थामा पुगेको छ । पार्टीको विवादलाई कम गर्न लागिपरेका प्रधानमन्त्री ओलीले रक्षामन्त्री र सेनाकोबीचको तिक्ततालाई भने कसरी हल गर्छन हेर्न बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ