arrow

एक्यानका सदस्यहरुले माछापुच्छ्रे बैंकबाट विना धितो १५ लाखसम्मको प्रोफेशनल कर्जा पाउने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ३२ आइतबार
mou-acan-machhapuchhre.jpg

काठमाडौं। नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) र माछापुच्छ्रे बैंकबीच एक्यानमा आवद्ध सदस्यहहरुलाइ बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । द्विपक्षीय समझदारी पत्र अनुसार एक्यानका सदस्यहरुलाई सरल तरिकाबाट बैंकको १५९ शाखाबाट बिना धितोमा ९.७५ प्रतिशतमा ब्याज दरमा रु १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिनेछ । 

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ वि.सं २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो । यसको मुख्य उद्धेश्य देशमा लेखा ब्यवसायको संरक्षण एवम् सम्बर्दन गरी सुब्यवस्थित एवम् सुचारु रुपले लेखा ब्यबसाय संचालन गराउने तथा सदस्यहरुको सामूहिक हितको संरक्षण गर्नु हो । 

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्लेले हस्ताक्षर गरेका छन् । 

अहिलेको महामारीबाट उत्पन्न हुने शिथिलताबाट वित्तीय क्षेत्रको उत्थानशीलता कायम गर्न र व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन लेखा व्यवसायीको योगदान महत्वपूर्ण हुने बास्तबिकतालाइ मनन गर्दै चार्टर्ड एकाउन्टेन्टको सहजता लागि विभिन्न बैंक तथा बित्तिय संस्थासंग समेत समझदारीको लागि छलफल भैरहेको संघका उपाध्यक्ष सीए रमेश धितालले जानकारी दिए ।

लेखा परीक्षण पेशा हाल अधिकतम प्रविधिको प्रयोग गरेर काम गर्नुपर्ने अवस्था रहेको र स्रोतको व्यवस्थापन असाध्यै जटिल रहेको सन्दर्भमा यस्ता समझदारीले सदस्यको मनोबल समेत बढाउने संघका अध्यक्ष वाग्लेले बताए । 

सम्झौता पछि संघका लगभग २४ सय सदस्यहरुलाई बैंकले बिशेष प्राथमिकतामा राखेर बैंकिङ्ग सेवा प्रदान गर्नेछ । सम्झौता पछि माछापुच्छ्रे बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहमा बिशेष सहुलियत प्रदान गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ