सिटी एक्सप्रेस मनी ट्रान्सफरले ब्रुनईबाट सेवा शुरु गर्यो
प्रकाशित २०७७ भदौ २ मंगलबार
573
Shares
काठमाडौं। ब्रुनईको ख्यातिप्राप्त सिममाली रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ। ब्रुनईमा रहेका नेपालीहरुले सिममाली रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत नेपालमा पैसा पठाउन सक्ने बताइएको छ।
नेपालमा रहेका ८५०० भन्दा बढी सिटी एक्सप्रेसका एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने बिज्ञप्ती मार्फत जानकारी दिइएको छ। नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने समेत बताइएको छ।
उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिममाली रेमिट्यान्सको तर्फबाट निर्देशक पिजी एचजी सेरुजी विन पिजी एचजी दमितले हस्ताक्षर गरे।