arrow

बिमा शुल्कमा छुट दिन समितिको निर्देशन

logo
प्रकाशित २०७७ भदौ ८ सोमबार
insurance1.jpg

काठमाडौँ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले लकडाउनका अवधिमा बन्द भएका उद्योगको बीमा शुल्कमा छुट दिन निर्देशन दिएको छ । समितिले सोमबार निर्जीबन बीमा कम्पनीलाई एक परिपत्रमार्फत  उक्त निर्देशन दिएको हो । 

समितिले ‘सम्पत्ति बीमा निर्देशिका २०७५’अनुसार बन्द अवस्थाका  कलकारखानाको बीमा दरलाई छुट दिन निर्देशन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । 

समितिले लकडाउनका कारण बन्द अवस्थाको जोखिमका लागि एक तिहाइ तथा जोखिम समूहको बीमा दर ५० प्रतिशत समानुपातिक रुपले छुट गर्ने व्यवस्था चालु आवको  बजेटमा नै रहेको स्मरण गराएको छ ।

 समितिले चालु आवको बजेटमा भएको व्यवस्था पनि कार्यान्वयन गर्न आग्रह गरेको छ । समितिले त्यस्तो छुट ८३ दिनका लागि कायम हुने स्पष्ट पारेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ