arrow

कोरोनाबाट नेपालमा पुस मध्यसम्म ५० हजारको ज्यान जाने आँकलन सत्प्रतिशत गलत – डा पाण्डे

logo
प्रकाशित २०७७ भदौ १३ शनिबार
rabindra-sameer.jpg

काठमाडौं । अक्सफोर्ड विश्वविद्यालयले नेपालमा पुसको मध्यसम्म कोरोनाबाट ५० हजार नेपालीको ज्यान जानसक्ने भनी गरेको आँकलनलाई जनस्वास्थविद् डा रविन्द्र पाण्डेले सत्प्रतिशत गलत भनी प्रतिक्रिया जनाएका छन् । 

अक्सफोर्डको पोलिसी म्यानेजमेन्टले गरेको अनुमानमा यो बर्ष अर्थात् डिसेम्बरसम्म ८१ प्रतिशत नेपाली संक्रमित हुने तथा ४९ हजार २ सय जना नेपालीको कोभिड १९ को कारण मृत्यु हुन्छ भन्ने उनीहरुको निष्कर्षले आम जनमानसमामा त्रास उत्पन्न भएको भन्दै डा पाण्डेले त्यो गलत भएको दावी गरेका हुन् । 

सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘एउटा अध्येताको नाताले म दावी गर्दछु कि त्यो अनुमान १०० प्रतिशत गलत हो उक्त अध्ययनमा प्रकाशित संक्रमित एवम् मृतकको संख्या कुनै पनि मिलेको छैन र मिल्दैन ।’

उनले अगाडि भनेका छन्, ‘जुनदेखि सेप्टेम्बरसम्म प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने, जुलाईदेखि अक्टुबरसम्म संक्रमण उच्चबिन्दुमा पुग्ने लगायत कुनै पनि तथ्यांक सही छैनन् ।’ 

डा. पाण्डेले भनेका छन्, ‘महामारीको समय यी र यस्ता अनेकौं हल्ला र भ्रम आइरहेका छन् कुनै पनि हल्ला र भ्रमको विश्वास नगर्नुहुन म बिनम्र अनुरोध गर्दछु ।’ 

डा . पाण्डे लगायतको टिमलाई केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना नियन्त्रणको उपायका लागि सुझाव लिन बोलाएको भए पनि उनीहरुले दिएको सुझावअनुसार सरकारले नीति भने अपनाएको छैन । 

नेपालमा पुसको मध्यसम्म कोरोनाबाट ५० हजार मानिसको मृत्यु हुनसक्ने आँकलन 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ