arrow

कोरोना कहर : बिक्री घटेपछि संकटमा कोकाकोला, कर्मचारी  र डिलर कटौतीको प्रस्ताव

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ १५ सोमबार
coca-cola-coke.jpg

काठमाडौं। विश्वभरि फैलिएको कोरोना महामारीको कारण कोकाकोला पेय पदार्थको बिक्री घटेपछि कम्पनी संकटमा परेको छ। बहुराष्ट्रिय कम्पनी कोकाकोला पेय पदार्थको बिक्रीमा कोरोनाका कारण २८ प्रतिशतले गिरावट आएपछि कम्पनीले कर्मचारी कटौती देखि डिलर कटौतीसम्मको प्रस्ताव गरेको छ। कोरोना कहरका कारण कम्पनीको बिक्री २८ प्रतिशतले घटेर ७ अर्ब २० करोड डलरमा झरेको छ।

सिएनएनका अनुसार कम्पनीले बिक्रीमा आएको गिरावटका कारण ४ हजार कर्मचारी कटौतीको प्रस्ताव गरेको छ। पहिलो चरणमा अमेरिका र क्यानडाका इच्छुक कर्मचारीलाई कटौतीको प्रस्ताव गरिएको छ। त्यसपछि इच्छुक कर्मचारी समेत कटौती गर्ने कम्पनीले डिलरको सँख्या पनि घटाउने रणनीति लिएको सिएनएनले उल्लेख गरेको छ।

कोकाकोलाले विश्वभरि नै कर्मचारी कटौती गर्ने रणनीतिमा पुगेपनि कति कर्मचारी कटौती गर्ने घोषणा गरिसकेको छैन। विश्वभर रहेका डिलरहरुमा गत डिसेम्बरसम्म विश्वभर ८६ हजार कर्मचारी रहेको बताएको कम्पनीले आफ्नो खर्च कम गर्ने तयारी गरेको हो।

त्यस्तै कोकाकोला कम्पनीले ‘जम्बो ब्रान्ड’ का केही उत्पादनमा समेत तत्काल रोक लगाउने योजना बनाएको छ। गत जुलाईमा ‘ओडवाला जुस’ को उत्पादन समेत बन्द गरेको सिएनएनले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ