arrow

मूल्यवृद्धिको अनुगमन खै सरकार ? 

logo
प्रकाशित २०७७ भदौ १६ मंगलबार
vegetables-market.jpg

काठमाडौं । नेपाली काँग्रेस (वीपी) ले कोरोना भाइरस (कोभिड–१९) को बहानामा भएको मूल्यवृद्धि नियन्त्रणमा सरकारले चासो नदेखाएकोमा गम्भीर आपत्ति जनाएको छ। वीपीले अनुगमन किन नगरेको भनी प्रश्न गरेको छ । उसले कोरोना रोकथामको लागि सरकारले लकडाउन र निषेधाज्ञालाई मात्र विकल्पको रूपमा लिएर नागरिकलाई घरमै थुनेर राखी नागरिक रोगले भन्दा भोकले मर्ने दिन आएको भन्दै वालुवाटार चोकमा महामन्त्री तथा पुर्व मन्त्री सुशीलमान सेरचनको नेतृत्वमा भिख मागी जनतालाई राहत बाँड्ने कार्यक्रम रहेकोमा प्रहरीले पानीको फोहोरा प्रहार गरी भएको धर्पकडप्रतिसमेत आपत्ति जनाएको छ । 

प्रहरीले प्रहार गरेको पानीको फोहोराबाट सेरचन घाइते भएको पार्टीले जनाएको छ । प्रहरीले सेरचन, नुवाकोट जिल्ला सभापति श्याम बहादुर गुरुङ, नेविसंघ (वी पी) महामन्त्री विकास पाण्डे, तरुण दल (वीपी) केन्द्रिय सदस्य सर्वजित सेरचन र जितकुमार थापा, नेविसंघ (वीपी) नुवाकोट जिल्ला अध्यक्ष तथा केन्द्रिय कार्यलय सचिव सुशीलराज वाग्लेलाई नियन्त्रणमा लिएर कमलपोखरीस्थित मालिगाँउ चौकीमा राखेको समेत जनाएको छ । 

वी.पी.ले ‘लकडाउन र निषेधाज्ञाले जनता भोकभोकै मर्दैछन् , नेपाली काँग्रेस वीपी राहत बाँड्न भिक माग्दै छ । जनता चाहन्छन् जननिर्वाचित सरकारले कुलमान घिसिङलाई पुर्ण विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दियोस् भनेर ??? जनताको माग कहिले सम्बोधन गरिन्छ सरकार ??? केन्द्रीय सरकार र स्थानीय सरकारको लकडाउन र निषेधाज्ञाले ब्यापार, ब्यबसाय तथा उद्योग कलकारखाना तहसनस भएको छ तर बैंक, फाइनाइन्स तथा वित्तीय संस्थाहरुले साँवा ब्याज तिर भन्छ सरकार ? यस सम्बन्धमा सरकार के सोच्दै छ ? असोज मसान्त आउदैछ।

कोरोना (कोभिड(१९) सम्बन्धमा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारहरुका निमित्त पिपीई, भाईजर हेल्मेट स्यानिटाईजर, हातमा लगाउने पन्जा लगायतका स्वास्थ सामाग्री, एबं  अग्रपन्थिमा खटिने कर्मचारीहरुले विशेश भत्ता पाएका छैन् । नेपाल सरकार भने पटक पटक कोरोना (कोभिड(१९) तथा ब्यबस्थापनका निमित्त ३४ अर्ब खर्च गरिएको समाचार प्रकाशित गर्दछ । साथै बिना आधार रेलमार्ग ट्रयाकबेड निर्माणका निमित्त  २८–३० अर्बको  बोलपत्र आवाना गर्दैछ जुन आजको समयमा नेपाली जनताको प्राथमिकतामा पर्दैन यो २८–३० अर्बको रकम कोरोना, कोभिड–१९ का लागि माथि उल्लेखित अग्रपन्थिका खटिने कर्मचारी तथा, पत्रकारहरु एबं स्वास्थ सामाग्रीमा खरीदका निमित्त खर्च गरियोस्।

जनता जान्न चाहन्छन् कहाँ कहाँ के केमा कसरी ३४ अर्ब खर्च गरियो सरकार  ??? कोरोना (कोभिड–१९) सम्बन्धमा स्वस्थ सामाग्रीहरुको अभावको कारण वी। पी। कोइराला प्रतिष्ठान धरानका जिम्मेवार  नर्सहरु तथा पर्साका जिम्मेवार  डाक्टरहरु सामूहिक राजीनामा तथा ७ दिनको अल्टिमेटम सहित आन्दोलन गर्ने घोषणाले बेलैमा नसोच्ने हो भने देशव्यापी रुपमा स्वास्थाकर्मिहरुको आन्दोलन हुन सक्दछ सरकार ??? नेपाल सरकारले सेवा निवृञ् स्वास्थाकर्मी, वरिष्ठ डाक्टर तथा नर्सहरुलाई महामारीको रुपमा रहेको कोरोना (कोभिड–१९) को समयमा निस्शुल्क सामाजिक सेवा गर्न आह्वान गर्नु पर्नेमा वरिष्ठ डाक्टर गोबिन्द के। सी। ज्यूले जुम्लाका गुठीचौरमा निस्शुल्क स्वास्थ सेवा दिई रहेको अबस्थामा किन के कति कारणले जनतालाई सेवा दिनबाट माथिको आदेश भनि वंचित गरियो सरकार ??? वैदेशिक रोजगारमा गएका अलपत्र परेका नेपाली कामदारहरुलाई उद्दारको नाममा नेपाल सरकारले चर्को जहाज भाडा लिएको छ जबकी वैदेशिक रोजगारमा जाँदा कामदारहरुले प्रति व्यक्ति रु. १५०० का दरले वैदेशिक रोजगारी कल्याणकारी कोषमा रकम जम्मा गरेका छन् कोषमा अरबौं रकम जम्मा भएको छ।

ती कोष विदेशमा अलपत्र परेका नेपाली कामदारहरुलाई उद्दारमा प्रयोग नगरी के मा खर्च गर्ने विचार छ सरकार ???  पटक पटकको लकडाउन र निषेधाज्ञाले दैनिक उपभोग्य वस्तुको मुल्यमा चरम वृद्धि भएको छ अनुगमन खै सरकार  ???’ भनी दर्जनौं प्रश्न गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ