arrow

सम्पर्कविहीन अल्ट्रालाइट विमानको खोजी तीव्र

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1650230072.jpeg
पोखरा । नागरिक उड्डयन कार्यालय पोखराले सम्पर्कविहीन अल्ट्रालाइट विमान कास्कीको सराङ्कोट पुग्दासम्म सम्पर्कमा रहेको जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले आज अपराह्न एक विज्ञप्ति जारी गर्दै सम्पर्कविहीन सो विमानको खोजीका लागि हेलिकोप्टर र नेपाल प्रहरी परिचालन गरिएको जनाउनुभएको छ । 
 
सो विमानका चालकमा रुसी नागरिक भ्यालोरी बुरटिन र यात्रुमा दक्षिण अफ्रिकाका एलिजावेथ वेल रहेको बताइएको छ । पोखरा अल्ट्रालाइन प्रालिले विगत केही वर्षदेखि यात्रुको दृश्यावलोकनका लागि अल्ट्रालाइट विमान उडाउँदै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ