arrow

भ्रष्टाचार सरकारका वरिपरि दमाह र नरसिंह बजाइरहेको छ – डा. भण्डारी

logo
प्रकाशित २०७७ भदौ १७ बुधबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा. चन्द्र भण्डारीले भ्रष्टाचारले सरकारको वरिपरि दमाह र नरसिंह बजाइरहेको बताएका छन् । 

जताततै भ्रष्टाचारले देश आक्रान्त भइरहँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कतै भ्रष्टाचार नदेखेको बताउँदै आएकोप्रति कटाक्ष गर्दै नेता भण्डारीले भ्रष्टाचार सरकारका वरिपरि दमाह र नरसिंह बजाइरहेको बताएका हुन् । 

उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्, ‘विकासका योजनाहरुको  मिलेर ठेक्का लिने काम नगर्ने, किसानको बालीको लागि मलको ठेक्का लिने मल नल्याउने, देशलाई धुजाधुजा बनाएर देशलाई विदेशीसंग आश्रित बनाउने  यी को हुन् ?’

सामाजिक संजाल फेसबुकमा आफ्नो भनाई सार्वजनिक गर्ने क्रममा डा. भण्डारीले लेखेका छन्, ‘प्रधानमन्त्री भन्नुहुन्छ भष्ट्राचार कहाँ छ ??? भष्ट्राचार सरकारका वरिपरि दमाह र नरसिंह बजाइरहेको छ । तँ ठूलो कि म ठूलो भनी सरकार र संवन्धित संवैधानिक निकायलाई चुनौति दिईरहेको छ ।’

डा. भण्डारीले प्रधानमन्त्रीका खोक्रा भाषणप्रति ब्यङ्ग्य कस्दै लेखेका छन्, ‘प्रधानमन्त्री ज्यू भाषण सुनिएको छ यी भ्रष्ट्रहरुलाई पाता कसेको हेरौं न !!! प्रधानमन्त्री ज्यू म भ्रष्टाचारी अहिले मल र ठेक्कामा बसेको छु ! हेरौँ त को शक्तिशाली !!!’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ