arrow

समाचार प्रभाव : हराएका जस्तापाता रातारात महानगरलाई फिर्ता

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
jasta-news-mahanagar-ne.jpg.jpeg
काठमाडौं । बर्खा लाग्न लागेको छ । काठमाडौंकै पनि कतिपय भूकम्पपीडितहरू त्रिपालको छहारी भित्र बर्खा विताउनु पर्ने अवस्थामै छन् । जस्ता दिने भनेपनि वितरण प्रक्रिया प्रभावकारी हुन नसक्दा उनीहरू त्रिपालको ओत लगाएर बस्न बाध्य छन् । यद्यपि, काठमाडौं महानगरपालिकाको नाममा रहेको जस्ता केही दिन अघि रातारात हराएकामा जहाँ बाट हराएको थियो त्यँही पुगेको छ । जस्ता जसरी मिलाइएको थियो त्यसो भने हुन सकेको छैन । अलपत्र छ । 
 
केही दिन पहिले गुमनाम रुपमा हराएको घेरिएको जस्ताको विषयलाई जोडेर काठमाडौं महानगरपालिकाको अस्तव्यस्त सम्पत्तिको विषयमा हाम्राकुराले समाचार लेखेपछि काठमाडौं महानगरपालिका यस विषयमा आक्रामक बनेको थियो । महानगरले कडा कारबाहीको चेतावनी दिएपछि रातारात विना सूचना जस्ता तीन कुनेमा आएको छ । कसले किन लग्यो र कहाँबाट कस्ले ल्याएर जस्ता अलपत्र पारेर गयो भन्नेबारे केही खुलेको छैन । 
 
जस्ता बेवारीसे रहेकाले जतिसुकै बेला पनि चोरी हुन सक्ने स्थानीयले बताएका छन् । फेला परेको जस्ता फेरि पनि नहराउला भन्न सकिन्न ।  १८औं सार्क शिखर सम्मेलनको समयमा भीभीआइपीहरुको सवारी हुने क्षेत्रमा चिटिक्क देखाउन महानगरले फोहोर लुकाउनको लागि ठेक्का आह्वान गरी घेरवार गर्न लगाएको थियो । 
 
टेण्डरमार्फत १४ लाख ९० हजार दुई सय तीस रूपैयाँ २५ पैंसामा सार्क शिखर सम्मेलनपूर्व अर्थात् तीन दिनभित्र सकिसक्ने गरी न्यू डीवी निर्माण सेवा प्रालिलाई २०७१ साल मंसिर ७ गते कार्यादेश पारित गरेपछि निर्माण भएको जस्ता बाहिर एउटै कलर गरी आकर्षक पारिएको थियो । 
 
ती जस्तापाता झिकेर कसैले लगेकामा महानगर बेबवर थियो । अहिले समेत अधिकांश जस्ता तीनकुनेमा ल्याएर राखिएपनि कसैले हेरफेर गरेका छैनन् । महानगरलाई समेत जस्ता आएको बारे जानकारी छैन । महानगरपालिका सहरी विकास तथा पूर्वाधार विभागका विभागीय प्रमुख उत्तर रेग्मीले सोको सम्पूर्ण सुरक्षाको जिम्मेवारी महानगर प्रहरीलाई दिइसकेको तथा त्यसबारे आफुहरुलाई खासै जानकारी नभएको बताए । प्रहरीले यसको निगरानी गरिरहेको उनको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ