arrow

उद्योग वाणिज्य महासंघको निर्वाचनका तीन विकल्प

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २४ बुधबार
fncci-building-123.jpeg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभा एवं आगामी निर्वाचन के कसरी गर्ने भन्ने सम्बन्धमा अध्ययन गर्न गठित समितिले निर्वाचनका लागि तीन विकल्प दिएको छ ।

समितिले गत सोमबार महासंघ सभापति भवानी राणालाई बुझाएको सुझाव प्रतिवेदन अनुसार निर्वाचनका लागि तीन विकलप दिएको हो ।

प्रतिवेदनमा वार्षिक साधारण सभाको हकमा समुद्घाटन, बन्दशत्र र समापन कार्यक्रम भर्चुअल जुम मार्फत तथा निर्वाचनको हकमा स्वास्थ्यका सबै प्रोटोकल एवं सरकारका स्वास्थ्य निर्देशनहरू पालना गरी गर्नुपर्ने उल्लेख गरिएको छ ।

जसअनुसार सबै क्षेत्र (जिल्लारनगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएट)को नर्विाचन काठमाडौंमा प्रत्यक्ष उपस्थित भएर गर्ने विकल्प दिइएको छ ।

त्यस्तै अर्को विकल्प जिल्ला÷ नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र बस्तुगत, एसोसिएटको काठमाडौंमा गर्नुपर्ने सुझाव दिइएको छ । त्यस्तै अर्को विकल्प  कम्प्युटराइजरई–भोटिङ मार्फत सम्पन्न गर्न सकिने दिइएको छ ।

गएको साउन २१ गते सम्पन्न महासंघको कार्यकारिणी समितिको बैठकले ६ सदस्य सम्मिलित समिति गठन गरेको थियो ।

समितिलाई नेपाल सरकारका सम्बन्धित मन्त्रालय, निकायहरू, कोभिड नियन्त्रणका सम्बन्धमा गठित क्राइसिस कमिटि वास्थ्य सम्बन्धी विज्ञहरूका साथै सरोकारवाला सबैसंग छलफल गरी प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो ।

समितिले प्राप्त कार्यादेश अनुसार आफ्नो कार्य सम्पन्न गरी महासंघका अध्यक्ष राणा समक्ष प्रतिवेदन पेश गरेको जनाएको छ ।

समितिले दिइएका विकल्पहरुमा छलफल गरी थप प्रक्रिया अगाडी बढाइने उद्योग नेपाल उद्योग वाणिज्य महासंघले जानकारी दिएको छ ।

समितिमा जिल्ला-नगर उद्योग वाणिज्य संघ क्षेत्रबाट अरूणराज सुमार्गी र डीबी बस्नेत, वस्तुगत क्षेत्रबाट बिनोद ढकाल र सुनिल गोपाल श्रेष्ठ तथा एसोसिएट क्षेत्रबाट भरतराज आचार्य र रंजितराज आचार्य रहेका थिए ।

यसअघि महासंघको ५४ औं साधारण सभा एवं निर्वाचन गत चैतमै हुनुपर्नेमा कोरोना महामारीका कारण रोकिएको थियो ।

त्यसपछि गत साउनमा गर्नेगरी तय भएको निर्वाचन पनि कोरोना महामारीकै कारण स्थगित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ