arrow

दर्ता नभएका स्यानिटाइजर उद्योग : ज्यानै जान सक्ने स्यानिटाइजर उत्पादन गर्दै, विभागले गर्यो प्रतिबन्ध

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २७ शनिबार
dda.jpg

काठमाडौं । कोरोना भाइरसबाट बच्ने विभिन्न उपायमध्ये एक उपाय हो ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्नु ।

डब्ल्युएचओले साबुन पानीले हात धुन नसकेको अवस्थामा स्यानिटाइजर प्रयोग गर्दा कोरोना भाइरस सर्नबाट केही हदसम्म बाँच्न सकिने बताउँदै आएको छ ।

एक हिसावले उपभोक्ताको स्वास्थ जोगाउछ ह्याण्ड स्यानिटाइजरले केही हदसम्म भएपनि । तर, उपभोक्ताको स्वास्थ जोगाउनु पर्ने स्यानिटाइजरमा भने ज्यानै जान सक्ने सम्मका विषाक्त रसायन  मिसाइएको पाइएको छ ।

औषधि व्यवस्था विभागले गरेको परिक्षणका क्रममा काठमाडौं उपत्यकामा विक्री भइरहेका ५ स्यानिटाइजर उद्योगले उत्पादन गर्ने स्यानिटाइजरमा उपभोक्ताको ज्यानै जान सक्ने मिथानल नामक विषाक्त रसायन पाइएको हो ।

विभागले अनुगमन गरी नमुना संकलन गरेर ल्याएको स्यानिटाइजर राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा मिथानल नामक विषाक्त रसायन पाइएको उत्पादन विक्री वितरणमा प्रतिबन्ध लगाइएको विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताए ।

यसरी मिथानल प्रयोग गर्नेमा काठमाडौंका ४ उद्योग र भक्तपुरको १ उद्योग रहेका छन् । 

भक्तपुरस्थित नेपाल कायाकल्प उद्योगको इन्सटेन्ट ह्याण्ड  सेनिटाइटर, काठमाडौंस्थित हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सटेन्ट ह्याण्ड स्यानिटाइजर ओरिजनल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एडभान्स ह्याण्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रडक्टको इन्सटेन्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रडक्टको सूर्यमुखी ह्याण्ड स्यानिटाइजरमा मिथानल पाइएको हो । मिथानलले स्वास्थमा गम्भीर असर पार्ने र ज्यानै समेत जान सक्ने भएकाले उत्पादन एवं विक्री वितरणमा रोक लगाइएको महानिर्देशक ढकालले हाम्राकुरालाई बताए ।

ढकालका अनुसार यी ५ वटै उद्योगस नियम अनुसार विभागमा दर्ता पनि भएका थिएनन् । ‘दर्ता नभएका उद्योगले उत्पादन गर्ने स्यानिटाइजर हेरौं न त कस्तो हुँदो रहेछ भनेर परिक्षण गरेका हौं’ उनले भने, ‘मिथानल पाइएपछि उत्पादन विक्री वितरणमा रोक लगाएका हौं ।’

उनका अनुसार यस किसिमका स्यानिटाइजर उपभोक्ताको स्वास्थमा प्रयोग गर्न मिल्दैन । स्वास्थमा गम्भीर असर पर्ने र ज्यानै समेत जान सकने उनले बताए । 
‘मान्छेको ज्यानै सक्ने, आँखाको दृष्टि गुम्न सक्ने लगायतका खतरा यस्ता स्यानिटाइजरबाट हुन्छ’ उनले भने, ‘सावधानी अप्नाएर प्रयोगशालाहरुमा प्रयोग गरिने स्यानिटाइजर हुन् । मानव स्वास्थमा प्रयोग गर्नु हुँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ