arrow

काठमाडौंमा अखाद्य वस्तु छ्यापछ्याप्ति, खाद्य वस्तुसँगै झिँगा साङ्ला मार्ने रसायन पनि

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २८ आइतबार
mngr_anumagan.jpg

काठमाडौं । काठमाडौंका पसल तथा अधिकांश स्टोरहरुमा अखाद्य वस्तु बिक्री वितरण गरेको पाइएको छ ।

काठमाडौं महानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा अधिकांश स्टोर एवं पसलहरुमा अखाद्य वस्तु बिक्री वितरण गरेको पाइएको हो ।

‘काठमाडौंका अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका वा अन्य कारण बिग्रेर फिर्ता गर्नुपर्ने सामान राख्न छुट्टै ठाउँ भेटिएन’ महानगरको उपभोक्ता हित संरक्षण समितिले अनुगमनपछि जानकारी गराएकाे छ ।

समितिका अनुसार दालका रुपमा प्रयोग गरिने कतिपय  गेडागुडी, काजु, किसमिस, छोकडालगायतका मसलामा प्याकेजिङको मिति नभएको, र उपभोग्य मिति समेत उल्लेख नगरिएको पाइएको हो । ‘चिउरा, म्याक्रोनी, पास्ताजस्ता सामाग्री बोराबाट निकालेर आफैं प्याकेट बनाउने तर उपभोग गर्न हुने मिति उल्लेख नगर्ने जस्ता समस्या छन्’ समितिसँगै अनुगमनमा रहेका उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले भने, ‘यस्ता कुरामा उपभोक्ताले पनि ध्यान दिएको देखिएन । सामान मागेपछि व्यापारीले जुन दिन्छन् त्यही लिने देखियो ।’

त्यस्तै पसलहरुमा मूल्यसूची नाटासिएका र खानेकुरासँगै झिँगा, मच्छड र साङ्ला मार्ने बिषादि पनि बेच्न राखिएको पाइएको उपभोक्ता हित संरक्षण समितिले जनाएको छ ।

अनुगमन समितिले सुधारका लागि आवश्यक निर्देशन दिनुका साथै खरिद बिक्री बिल, दर्ता र नविकरण प्रमाण पत्र, गोदाम प्रमाणिकरणको प्रमाण पत्र, व्यवसाय र बहाललगायत करचुक्ता प्रमाण पत्र जस्ता आवश्यक कागजातसहित ३ दिनभित्र महानगरको कृषि बिभागमा सम्पर्क राख्न पनि निर्देशन दिएको समितिले जनाएको छ ।

समितिले शुक्रबार र शनिबार चावहिल क्षेत्रका होलसेल र खुद्रा खाद्यान्न पसलहरुमा अनुगमन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ