arrow

प्रमाणित भएको ७ दिन भित्रै कोरोना बिमा दावी सम्भव छ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २८ आइतबार
bima_samiti.JPG

काठमाडौं । बीमा समितिले कोरोना बीमाका सम्बन्धमा बनाएको मापदण्डमा कोरोना संक्रमण भएको प्रमाण पेश भएमा ७ दिन भित्र दावी भुक्ताी गर्नुपर्ने उल्लेख गरेको छ ।

जसको अर्थ कोरोना संक्रमण पुष्टि भएको ७ दिनभित्र दावी गर्न सकेमा मात्रै भुक्तानी पाइने र सो अवधिमा दावी गर्न नसके नपाइने पनि लगाउन सकिन्छ ।

तर, काेराेना संक्रमितले ७ दिनभित्र दावी गर्न संभव हुँदैन । किनभने संक्रमण देखिएपछि अाइसाेलेसनमा बस्नु पर्छ । 

 त्यसैले यस विषयमा स्पष्ट हुन हाम्राकुरा डटकमले बीमा समितिका सूचना अधिकार निर्मल अधिकारीलाइ सम्पकर्क गरेकाे हाे ।

अधिकारीले मापदण्डमा भुक्तानीका सम्बन्धमा भएको व्यवस्थाको अर्थ त्यस्तो नभएको बताए ।

उनले बीमा गर्ने व्यक्तिले कागजात तयार पारिसकेको ७ दिन भित्र भुक्तानी गर्नुपर्ने अर्थमा त्यसलाई बुझ्नुपर्ने बताए ।

समितिले मापदण्ड संशोधन गर्न लागेको छ । मापदण्ड बन्नु अघि सरकारी ल्याबबाट परिक्षण गरेको कागजात हुनपर्ने मापदण्डमा उल्लेख गरेको थियो ।

पछि निजी ल्याबबाट समेत कोरोना परिक्षण हुन थालेपछि बीमा भुक्तानीमा अन्योलता आएको थियो ।

पछिल्लो समय सरकारले निजी ल्याबलाई समेत परिक्षणको अनुमति दिएकाले निजी ल्याबको प्रमाण पत्रलाई मान्यता दिने गरी मापदण्ड संशोधन हुन लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ