arrow

अख्तियार प्रमुख घिमिरेको कार्यकाल यसकारण सफल – रामहरि खतिवडा

logo
हाम्रा कुरा
प्रकाशित २०७७ भदौ ३० मंगलबार
ramhari-khatiwada3.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेको दुई वर्षे कार्यकाल सफल भएको बताएका छन् । 

व्यङ्ग्य गर्दै उनले सामाजिक संजालमा घिमिरेको दुई बर्षको कार्यकालमा आफ्नो जिम्मेवारीमा पुर्ण रुपमा सफल भएको बताएका हुन् । 

उनले भनेका छन्, ‘उनलाई २ जिम्मेवारी थियो । बालुवाटार जग्गा प्रकरणमा नेकपा नेता माधब नेपाल र बिष्णु पौडेललाई जोगाउनु । अरुलाई  फसाउनु । दोश्रो आयल निगम जग्गा प्रकरणमा नेकपाका नेता र बिचौलियालाइ बचाउनु । दुबैमा सफल ।’

घिमिरेको गत सोमबार कार्यकाल सकिएको छ । उनले कुनै पनि राम्रा काम नगरेको आरोप लाग्ने गरेको छ । 

राष्ट्रिय मुद्धाका विषयलाई पन्छाएर उनले जसले नियुक्त गरे तिनै नियुक्त गर्नेहरुका मात्र काम गरेको आरोप उनलाई लागेको छ । 

जस्ले नियुक्त गर्‍यो उसैको सेवामै बित्यो अख्तियार प्रमुख घिमिरेको कार्यकाल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ