arrow

बामदेव पनि ओलीसंग असन्तुष्ट

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
bamdev-gautem.jpg.jpeg
काठमडौं । केही समयदेखि पार्टी अध्यक्ष ओलीसँग असन्तुष्ट भएको उपाध्यक्ष वामदेव गौतम पक्षका केही नेतासमेत नेपाल खनाल पक्षको भेलामा सहभागी भएका थिए । 
 
कुनै बेला ओलीलाई काँधमा हालेर साथ दिने गौतम ओलीको शैलीप्रति असन्तुष्ट भएका छन् । गौतमले विगतमा ओलीले आफूसँग भएको भद्र सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 
 
यसअघि नेपाल खनाल पक्षको कुनै पनि समूह भेलामा सहभागी नभएका गौतम पक्षीय केही नेता मंगलबार र बुधबारको भेलामा सहभागी थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - यसरी सहभागी हुने गौतम पक्षीय नेतामा केशवलाल श्रेष्ठ, उदयराज पायडे, उमा कोइराला, बाबुराम थापा, लक्ष्मी ज्ञवाली, शिव गुरुङलगायतका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ