arrow

संविधान दिवसको अवसरमा टेलिकमको बम्पर प्याकेज

logo
प्रकाशित २०७७ असोज २ शुक्रबार
telecome-sambidhan-diwas-of.jpg

काठमाडौं । संविधान दिवसको अवसरमा नेपाल टेलिकमले बम्पर प्याकेजहरु उपलब्ध गराएको छ । टेलिकमले प्रेस विज्ञप्ति जारी गरी संविधान दिवस २०७७ को अवसर पारेर अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक तथा अन्य विभिन्न प्याकहरु उपलब्ध गराएको जनाएको छ । 

टेलिकमले असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु. ५५ प्रति प्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने जनाएको छ  । 

त्यस्तै टेलिकमले अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा रु. १५ मा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुने जनाएको छ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । 
 
हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी प्रतिदिन डाटा प्याक रु. ८५० मा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको छ । सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा रु. ५५५ मा उपलब्ध हुने टेलिकमले जनाएको छ ।  

संविधान दिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिने छन् ।

साथै ग्राहकवर्गको सहजताका लागि नेपाल टेलिकम एपबाट समेत यी प्याकहरु खरिद गर्न सकिने व्यवस्था गरिएको समेत टेलिकमले विज्ञप्तिमा जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ