arrow

माछापुच्छ्रे बैंक र भारतस्थित ओम एक्सप्रेस पेमेन्टबिच रेमिट्यान्स सम्झौता

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २ शुक्रबार
machha.jpg

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबिच रेमिट्यान्स सम्झौता भएको छ । रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज बनाउन सम्झौता भएको बैंकले जनाएको छ । 

सम्झौता पश्चात भारतमा रहेका नेपालीहरुले त्यहाँस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा सहज रुपमा पैसा पठाउन सक्नेछन् ।

यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका १५९ शाखा कार्यालयहरु तथा १० हजार भन्दाबढी रेमिट्यान्स एजेन्टहरु मार्फत प्रापकले सहज रुपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसंग सहकार्य गरि माछापुच्छ्रे रेमिट्यान्स मार्फत नेपालमा पैसा पठाउँदा कम सेवा शुल्क लाग्ने बताइएको छ ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले देशभरका १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मेसिनमार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ