चीनले कब्जा गरी हुम्लाको लाप्चामा भवन बनाएकोमा कांग्रेस नेता धनराजको आपत्ति
सरकारको गराए ध्यानाकर्षण
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ५ सोमबार
592
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता धनराज गुरुङले हुम्लाको नाम्खा गापा-६ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भुमीमा जबरजस्ती भवन निर्माण गरिरहेकोमा बिरोध जनाएका छन्।
सामाजिक संजाल ट्वीटरमा आफ्नो टिप्पणी राख्दै गुरुङले नेपाली भूमीमा लामोसमयदेखि नेपालीलाई जान समेत नदिएर कब्जा गरि भवन बनाउँदा सरकार वेखबर भएकोमा आपत्ती जनाएका हुन्।
प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराउँदै गुरुङले भनेका छन्, ' राष्ट्रियताको छेउ र कुनामा फरक परिभाषा हुँदैन।'
सीमावर्ती जिल्लाहरुको रणनीतिक महत्वको क्षेत्रमा चीनले सिलसिलेवार रुपमा अतिक्रमण गरेको यसअघीका समाचार आउँदा सरकारले त्यसको खण्डन गरेको थियो। यो प्रकरणमा भने सरकार चुपचाप छ ।