arrow

‘ यूथ कांग्रेस नेपाल, अमेरिका’ को संयोजकमा सुरेशदर्पण पोखरेल 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ५ सोमबार
suresh-darpan-pokhrel.jpg

अमेरिका। यूथ कांग्रेस नेपाल अमेरिकाको संयोजकमा सञ्चारकर्मी एवं चलचित्र निर्देशक सुरेशदर्पण पोखरेल चयन भएका छन् । यूथ कांग्रेस नेपालका केन्द्रीय संयोजक सचिन तिमिल्सिनाले जारी गरेको प्रेस विज्ञप्तिमा हाल अमेरिकाको मेरिल्यान्डमा बसोबास गरिरहेका पोखरेललाई अमेरिकाको संयोजकको रुपमा नियुक्त गरिएको जानकारी गराइएको हो । 

देशभक्त तथा लोकतन्त्रवादी युवाहरु संगठित भइ लोकतन्त्रलाई सुदृढ बनाउन, सामाजिक न्याय सहितको समुन्नत समाज निर्माण गर्न, नागरिक स्वतन्त्रता, राजनैतिक स्वतन्त्रता, सामाजिक स्वतन्त्रता र आर्थिक स्वतन्त्रताको पक्षमा उभिन, लोकतन्त्रको मुलभूत सिद्दान्त, विधिको शासन तथा सुशासनको वकालत गर्न, राष्ट्रियता, प्रगतिशीलता, स्वतन्त्रता तथा संबिधानद्वारा प्रदत्त हकलाई प्रबर्द्धन गर्ने उदेश्यका साथ ‘ युथ कांग्रेस नेपाल ' स्थापना भएको हो । 

नवनियुक्त संयोजक पोखरेलले युथ कांग्रेस नेपाल कुनै पनि राजनैतिक पार्टीको हस्तक्षेपबाट बाहिर रहने र कुनैपनि राजनैतिक दलसंग आवद्ध नहुने  तर यसका मुल सिद्धान्तहरु नेपाली कांग्रेस पार्टीको बिचारधारासंग समान रहने जानकारी गराए ।

साथै १८ वर्षदेखि ४० वर्ष भित्रका प्रजातान्त्रिक बिचारमा विश्वास राख्ने जो कोही, अमेरिकामा बसोबास गरिरहेका नेपाली भाषीले यसको सदस्यता लिनसक्ने पनि पोखरेलले बताए । अमेरिकामा प्रजातान्त्रिक मान्यता अंगीकार गरी कार्य गरिरहेका नेपाली तथा अमेरिकी संघसंस्थाहरुसँगको संयोजन र सहकार्यबाट नेपालमा राजनीतिक आर्थिक र समुन्नत विकासका निम्ति यूथ कांग्रेस नेपाल, अमेरिकाले कार्य गर्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ