arrow

बझाङको देवल विमानस्थलको निर्माण कार्य सकियो

logo
भेषराज बिष्ट, 
प्रकाशित २०७७ असोज ५ सोमबार
Bajhang-airport.jpg

बझाङ। झण्डै एक दशकदेखी बन्द रहको जयपृथ्बी नगरपालिका देबलमा रहेको देवल विमानस्थलको निमार्ण कार्य सकिएको छ। बन्द अबस्थामा रहेको विमानस्थलको कालोपत्रे गरि वरिपरि तारवार लगाउने काम र नाली निमार्णको काम सकिएको हो ।

विमानस्थल सुचारु गर्न पटकपटक स्थानियबासीले दवाव दिएपनि बिमानस्थलामा जहाज आवत जावत गर्न सकिरहेको थिएन् । यहाँका स्थानीय तथा जनप्रतिनिधीहरुले डेलिगेसन सहित दबाब दिए पछि नागरिक उड्डयन प्राधिकरणले २०७५ को साउन महिनामा विमानस्थल कालोपत्रेका लागि बोलपत्र आह्वान गरि निर्माण कार्यलाई अगाडी बढाएको थियो ।

झण्डै ५ करोड ५० लाखको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी अमर कन्स्ट्रक्सनले विमानस्थल निर्माणको जिम्मा लिएको थियो । कोरोना भईरसका कारण लामो समयसम्म देशमा लकडाउन भएपछि बिमानस्थल निर्माणको काम समेत प्रभावित भएको थियो ।

ठेकेदार कम्पनिका प्रतिनिधि प्रदिप डंगोलका अनुसार बिमानस्थल निर्माण सम्पन्न गर्ने अन्तिम समय गएको बैशाखमा भएपनि कोरोना भाइरसका कारण सम्पन्न गर्न नसकेकाले दशैंसम्म जहाज चल्ने गरेर हस्तान्तरण गर्ने तयारी रहेको बताए ।

बिमानस्थलको करिब ६ सय ५० मिटर रनवे कालोपत्रे गरिसकेको, वरिपरिको नालीको काम सकिएको बनाउने काम, अब विमानस्थलको साईड फिलिङको काम मात्र बाँकी रहेको छ। असोजको दोस्रो साता भित्र परिक्षण उडानको तयारी समेत भई रहेको उनको भनाई छ ।

नागरिक उड्ययन मन्त्रालयले उडानको अनुमति दिए विमान अवतरण गर्न सकिने तथा एयरपोर्ट सुचारु हुने सक्ने छ । लामो समयदेखि बन्द अबस्थामा रहेको विमानस्थल सुचारु हुने भएपछि यहाँका स्थानीयहरुलाई निकै राहत मिल्ने छ । समयमै काम सम्पन्न भई विमान सञ्चालनमा आएपछि सुत्केरी महिला, दुर्घटनामा परेका व्यक्तिहरूले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य हुने स्थानीय देब खड्काले बताए ।

हिउँदको समयमा जयपृथ्वी राजमार्गमा हिँउ जम्मा हुने र वर्षा भएको वेला विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने भएकाले पनि यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ । सडक अवरुद्ध हुँदा आपतकालीन विरामीहरूले बाटोमै ज्यान गुमाउने गरेका छन् ।

विमानस्थल सञ्चालनमा आएपछि जिल्लाको पर्यटनमा समेत टेवा पुग्ने स्थानीय पर्यटन ब्यवसायि किशोर खड्काले बताए । उनले साइपाल हिमाल, खप्तड राष्ट्रिय निकुञ्ज, सुर्मा ताल, कैलाश गुफा, कैलाश मानसरोबर लगायतका दर्जनभन्दा बढी धार्मिक तथा पर्यटकीय स्थलहरूमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत बृद्धीको आशा गरिएको छ ।

२०३५ सालमा निर्माण भएको देवल विमानस्थलको स्तरोन्ति हुन नसक्दा जहाजले उडान भर्न सकेका थिएनन् । केही समय निगम बाहेकका निजी विमान कम्पनीहरूले पनि बझाङबाट नेपालगन्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए । द्धन्दकालमा माओबादीले दुई पटक बिमानस्थलको टावरमा बम बिस्फोट गराएपछि सुरक्षा अभाबसंगै बझाङबाट नेपालगन्ज जाने यात्रुको चाप घट्न थालेपछि नीजि विमान कम्पनीहरूले पनि उडान रद्द गरेका थिए ।

अझै पनि धनगढी बझाङ उडान सञ्चालन गर्न सके दैनिक दुइवटा ट्वीनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीहरूले बताउँदै आएका छन् ।  २०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ