arrow

मुख्यसचिव रेग्मीलाई राजदूतको लोभ, विधि मिचेर बैरागीलाई मुख्यसचिव दिने तयारी 

logo
प्रकाशित २०७७ असोज ६ मंगलबार
pm-office.jpg.jpeg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार प्रक्रिया मिच्न सधै अगाडि रहेको छ । अहिले सरकारका मुख्य सचिव बनाउन पनि त्यही प्रक्रिया अपनाउन थालिएको छ । 

सरकारले नियमित प्रक्रियाबाट मुख्य सचिव हुने प्रावधान मिच्दै आफू अनुकूलका व्यक्तिलाई मुख्य सचिव बनाउने तयारी गरेको छ ।

मुख्यसचिवका लागि आधादर्जनको संख्यामा प्रतिस्पर्धी रहेका छन् । उनीहरुमध्ये जोकोही पनि मुल्यांकनका आधारमा मुख्यसचिव बन्न सक्छ । 

सरकारले मुख्य सचिव लोकदर्शन रेग्मीलाई केही दिनभित्रै राजीनामा दिन लगाएर परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई मुख्य सचिव बनाउने गरी आन्तरिक गृहकार्य अघि बढाएको स्रोतको दावी छ । 

मुख्य सचिव रेग्मीलाई भने राजीनामा दिन लगाएर बेलायतको राजदूत बनाउने तयारी गरिएको पनि बताइन्छ । 

रेग्मीको तीन वर्षे कार्यकाल कात्तिक ६ गते सकिँदैछ । बैरागीले असोज २२ गते अवकास पाउँदैछन् । बैरागीले अवकास पाउनु अगाडि नै उनलाई मुख्यसचिव बनाउन यो दौडधूप चलिरहेको हो । 

को को छन् मुख्य सचिवका दावेदारहरु
सरकारले यदि नियमित प्रक्रियाबाट मुख्य सचिव बनाउने हो भने प्रशासन सेवाका सचिव चन्द्रकुमार घिमिरे मुख्य सचिवको पहिलो दाबेदारका रुपमा रहेका छन् । 

तर बेलायतको राजदूतको अफर पाएपछि मुख्यसचिव रेग्मीले तीन साता अगाडि नै राजीनामा दिँदा घिमिरेको बाटो बन्द हुनेछ । 

घिमिरेपछिमात्र बैरागी आउँछन् । त्यसैगरी उद्योग सचिव चन्दकुमार घिमिरे, वन सचिव विश्वनाथ ओली, पर्यटन सचिव केदारबहादुर अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा र सहरी विकास सचिव मधुसूदन अधिकारी लगायत रहेका छन् ।

सरकारले आफू सुहाउँदो मुख्यसचिव बनाउँदा प्रशासनिक पकड बलियो राख्न सकिने उद्धेश्यले विधि मिच्न थालेको बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ