arrow

लिमीका वडाध्यक्ष पाल्जोर तामाङ भन्छन् डेढ किलोमिटर यता आएर बनाए चिनियाँले भवन (अन्तर्वार्ता)

logo
जनक बहादुर शाही,
प्रकाशित २०७७ असोज ८ बिहिबार
paljor-tamang-humla.jpg

हुम्ला। हुम्लाका स्थानीयहरुले पुर्खाको पालादेखि भोगचलन गरिरहेको जमिन कसरी सरकारले चीनको भन्न सक्छ भनेर प्रश्न गरिरहँदा नाम्खा गाउँपालिका ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ भने चिनियाँहरुले करिब डेढ किलोमिटर वर ललुङजोङको नेपाली भूमीमा आएर भवनहरु बनाएको बताएका छन्। सीमा भएको वडाकै वडाध्यक्ष तामाङले पहिलेदेखि नै नेपालीले नै हकभोग गर्दै आएको क्षेत्रमा अहिले आएर चिनियाँहरुले भवन बनाएको बताए । 

वडाध्यक्ष तामाङले भने, ‘खोलापारी उनीहरु बस्थे वारी हाम्रो हो। ६६ सालदेखि पारी चीनले रोड खन्यो वारी नेपालले खनेको थियो। त्यतिखेर चीनले कुनै अवरोध गरेको थिएन। खोलादेखि भवन भएको ठाउँसम्म आउन करिब डेढ किलोमिटर लाग्छ। अहिले त चिनियाँ पक्ष डाँडासम्म आफ्नो भनेर पो आएको छ ।‘ 

वडा अध्यक्ष तामाङले भने, ‘ शुरुमा बस्तुभाउ पाल्ने बढी हुन्थ्यो र चरनका लागि गोठ राख्न त्यहाँसम्म नेपालीहरु पुग्थे । तर पछिल्ला दिनमा बस्तुभाउ पाल्ने कम भएपछि त्यहाँसम्म कमै नेपालीहरु मात्रै पुग्न थाले। दर्शनका लागि जानेहरुले भने नेपाली जमिनमा चीनले भवन बनाएको कुरा एकपछि अर्को गर्दै भन्न थालेपछि अहिले धेरै चासो भएको हो।' 

१२ नम्बर पिल्लर लाप्चा डाँडामा रहेको र ११ नम्बर पिल्लर नाम्खा गाउँपालिका ६ मानेपेमेको टुप्पोमा रहेको टाकुलेमा छ। दुबै पिल्लरको दुरी टाढा छ । तामाङले १२ नम्बर पिल्लरको अवस्थितिलाई हेर्दा पनि भवन बनाएको क्षेत्र नेपालकै भएको बताए। अध्यक्ष तामाङले भने, ‘ नेपालकै क्षेत्रमा उनीहरु धेरै भित्र छिरेका छन्। उनीहरु खोलाभन्दा डेढ किलोमिटर यता आएर भवन बनाएका छन् । ०६९ सालमा बिरोध गर्दा गएका थिए । अहिले त अझ धेरै भवन बनाएर बस्न थाले । यो बर्षदेखि उनीहरुले यो क्षेत्र हाम्रो भनेर बस्न थाले ।'

अध्यक्ष तामाङले हाम्राकुरासँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छः 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ