arrow

“सहयात्रा समृद्दीको” लागि प्रभु बैंक र आइडिया स्टुडियोको सहकार्य

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १० शनिबार
prabhu-bank-idea-studio.jpg

काठमाडौं। प्रभु बैंक र आइडिया स्टुडियो नेपालले सयुक्त रुपमा “सहयात्रा समृद्दिको” नामक कर्जा परियोजनाको आरम्भ गरेका छन् । आर्थिक पुनर्स्थापनको लागि ल्याइएको विशेष कर्जा योजनाले महिला सफा टेम्पो चालक र स्कूल तथा कलेज शिक्षकहरुलाई कोभिड १९ को कारणले परेको आर्थिक कठिनाईलाई व्यवस्थापन गर्न र यस माहामारीमा उनीहरुका विद्यमान व्यवसायलाई पुन सुचारु गर्न सहयोग पुर्याउने लक्ष्य लिइएको बताइएको छ । यो पहल, कर्जासँगै मानवीय मर्यादाको पुनर्स्थापना र जीवनभरको वित्तीय नियन्त्रण गर्ने संयन्त्र तयार गर्ने एउटा प्रयास पनि हो । परियोजनालाई मुर्त रुप दिनको लागि प्रभु बैंकको प्रधान कार्यालय बबरमहलमा, दुबै पक्षले सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन्।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको माहामारीले संसारभरनै स्वास्थ्यमा आपतकालिनको स्थिति र आर्थिक मन्दी निम्त्याएको छ । कोरोना भाईरसकै कारण कैयौं व्यवसायहरुले कहिल्यै नसोचेको आर्थिक अवरोधको सामना गरिरहेका छन् । साना र मध्यम आकारका उद्यमीहरुलाई उनीहरुको दैनिक खर्च टार्न कठिनाई भैसकेको छ, जसका कारण धेरै व्यवसायहरु बन्द भएका छन् वा बन्द हुने जोखिममा छन् । दैनिक ज्याला मजदुरी गरी जीवीकोपार्जन गर्ने मजदुरहरु लामो समयदेखि रोजगारीका अवसरबाट वञ्चित भएका छन् जसका कारण उनीहरुको अवस्था झनै नाजुक भएको छ ।

यिनै विद्यमान आर्थिक संकटलाई ध्यानमा राखि प्रभु बैंकले आईडिया स्टुडियो नेपालको समन्वयमा काठमाडौं उपत्यकाका महिला सफा टेम्पो चालकहरु र स्कूल तथा कलेज शिक्षकहरुलाई न्यून व्याजदरमा कर्जा प्रदान गरी सहयोग गर्ने लक्ष्य राखको कुरा प्रभु बैँकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।

कोरोना भाईरसको महामारीले गर्दा नेपालको यातायात क्षेत्र र शिक्षा प्रणालीमा निकै ठूलो परिवर्तन आएको छ । स्कूल र कलेजहरु गत फागुन महिना, झण्डै ७ महिना देखि बन्द छन् । सरकारी निर्देशन अनुसार स्कूल र कलेज बन्द भएपछि विधार्थीहरुबाट कुनै पनि शुल्क लिन नपाइने भएपछि धेरै निजी विद्यालयहरु शिक्षक र अन्य कर्मचारीलाई तलब दिन असमर्थ छन् । हाल विद्यालयले विधार्थीहरुका लागि अनलाईन कक्षाहरु संचालन गरिरहेको छ तर शिक्षकहरुले अनलाइन कक्षा संचालनका लागि आवश्यक पर्ने इन्टरनेट पहुँच, कम्प्यूटर तथा फनिर्चर जस्ता सुविधाहरु वहन गर्न सकेका छैनन् ।

त्यसै कुराको परिपूर्तीका लागि बैँकले उक्त कर्जा प्रदान गर्न लागेको हो । टेम्पो चालकहरुको पनि आर्थीक अवस्था नाजुक नै छ । सरकारबाट जारी लामो समयसम्मको बन्दाबन्दीको कारण उपत्यकामा टेम्पो लगायत अन्य सार्वजनिक सवारी साधनहरुमा रोक लगाएसँगै महिला सफा टेम्पो चालकहरु दयनीय आर्थिक संकटका बिच बाँचिरहेका छन्। नेपाल सफा परिवहन संघका अध्यक्ष रामप्रसाद घिमिरेका अनुसार काठमाडौँमा झण्डै दुई सय भन्दा बढी महिला टेम्पो चालकहरु छन्र ती सबैले अहिले निकै ठूलो आर्थिक दबाबका बिच आफ्नो घरव्यवहार चलाउन बाध्य छन्। 

आम्दानीको अन्य स्रोत नभएका टेम्पो चालक महिलाहरु सरकारबाट जारी लकडाउन र कोरोना भाईरस सर्न र फैलन सक्ने डरका कारण यात्रुको संख्यामा निकै ठूलो गिरावट आउदा प्रत्यक्ष रुपमा आर्थिक संकटमा परेका छन् । “सहयात्रा समृद्दिको” कर्जा योजना मानव मर्यादा पुनर्स्थापनाका लागी हो । यस योजना सम्पूर्ण कर्जा प्रक्रियामा ग्राहकहरुले कर्जा संगसंगै वित्तीय साक्षरता, व्यवस्थापनको र अनुशासनको ज्ञान र सीपहरु पनि सिकुन भनेर केन्द्रित गरिएको छ । कोभिड १९ को संकटले हामी धेरैलाई हाम्रो आर्थिक तयारी नभएको अनुभुति गराएको छ । त्यसैले यो कर्जा योजना मानिसहरुलाई वितिय ज्ञान र सिपहरुबाट आफूलाई दक्ष बनाउने एउटा राम्रो अवसर हो ।” आईडिया स्टुडियो नेपालका संस्थापक तथा कार्यकारी अध्यक्ष डा छिरिङ लामाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ