arrow

वायुसेवा निगमका कर्मचारीले तलब पाएनन्, एयरलाइन्स डुबाउने षडयन्त्र

logo
प्रकाशित २०७७ असोज ११ आइतबार
nepal-airlines-narrowbody.jpg

काठमाडौं । चाडबाड नजिकिँदै गर्दा नेपाल वायुसेवा निगमका कर्मचारी भने तलबविहीन भएका छन् । 

भदौ महिनाको तलब अहिलेसम्म नदिइएको भन्दै कर्मचारीहरु आक्रोशित हुन थालेका छन् । 

नेपाल वायुसेवा निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले तत्काल कर्मचारीहरुको तलब दिन माग गरेका छन् । 

उनले भने, ‘कुनै पनि बहाना गर्न पाइँदैन, विदेशीलाई तलब खुवाएर राख्ने अनि नेपाली कर्मचारीलाई तलब नदिनु अन्याय हो ।’

निगमले अहिले कर्मचारीलाई निकै आँखी भएर हेरिरहेको भन्दै कर्मचारी रुष्ट छन् । छ । 

कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुवास डाँगीले भने हाम्राकुराले पटक पटक सम्पर्क गर्न खोज्दा पनि फोन उठाएनन् । 

निगमले नेपाल एयरलाइन्सका कर्मचारीसमेत कटौतीको योजना बनाएको स्रोतले बताएको छ । 

जहाजलाई नेतृत्वले डुबाउन अनेक षडयन्त्र गरेको भन्दै कर्मचारीहरु आक्रोशित भइरहेका छन् । 

उनीहरुको सेवा सुविधा पनि कटौती गर्ने काम भइरहेको छ । कर्मचारीले वर्षमा सात वटा ‘फ्री टिकट’ पाउँदै आएकामा त्यसको समेत कटौती गरिएको छ । एक वरिष्ठ कर्मचारीले भने, ‘हामीले अन्य यात्रुले जसरी नै सरकारलाई टिकटमा कर तिर्छौं । ती सात वटा टिकट जहाज खाली भएका बेलामा मात्रै कर्मचारीले प्रयोग गर्न पाउँछन् । यात्रु आए भने एयरपोर्टमा फ्लाइट कुपन लिएपछि पनि फिर्ता हुनुपर्ने अवस्था आउँछ । तर हामीलाई बदनाम गर्ने काम भएको छ ।’

पछिल्लो समय नेतृत्वले नेपाल एयरलाइन्सलाई धरासायी पार्ने काम भएको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । 

नेपाल वायुसेवा निगम कर्मचारी संघले विभिन्न चरणका आन्दोलनको समेत घोषणा गरेको छ । 

संघले आधिकारिक ट्रेड युनियन पनि एयरलाइन्स डुबाउने नेतृत्वको षडयन्त्रमा सामेल भएको आरोप लगाएको छ । 

गत साउनमा समेत ढिला गरी कर्मचारीले तलब पाएका थिए । पीडितहरुको गुनासो छ, ‘महामारीका बेलामा पनि हामीलाई थप पीडा भयो ।’

नेपाल एयरलाइन्सका ठूलो चारवटा विमान छन् । जसमा २ वटा वाइड र २ वटा न्यारो विमान छन् । 

त्यस्तै २ वटा ट्वीनेटरमात्र चालु अवस्थामा छन् । चाइनिज ६ वटा बिना पूर्वाधार थन्काइएको छ । किन थन्क्याइयो भन्ने जवाफ नेतृत्वले दिन सकेको छैन । 

स्रोतका अनुसार ती थन्क्याइएका जहाज निजी विमान कम्पनीलाई बिग्रेको बहानामा भाडामा दिन खोजिएको छ । 

यसअघि तारा एयरलाइन्सलाई भाडामा दिएका दुई वटा ट्वीनेटर बिगारिदिएपछि त्यत्तिकै थन्केका छन् ।

नेपाल एयरलाइन्स हिमालय एयरलाइन्सलाई बेच्ने तयारी, पहिलो चरणमा खोसियो ग्राउन्ड ह्यान्डलिङको जिम्मा यति समूह र चिनियाँ समूहलाई खुशी पार्न चाले योगेश भट्टराईले यस्तो कदम  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ