arrow

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना

logo
प्रकाशित २०७७ असोज १२ सोमबार
Chandra-Dhakal.jpeg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना भाइरसको संक्रमण भएको छ । फेसबुकमार्फत उनले आफूलाई कोरोना भएको जानकारी गराएका हुन् । 

उनले आइतबार परीक्षण गरेकामा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, ‘विश्वमै महामारीका रुपमा रहेको कोभिड १९ को प्रकोप हाम्रो देशमा पनि बढ्दो रुपमा रहेको सबैलाई जानकारी नै छ । यस समयमा म आफू पनि जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार)  गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ ।’

महासंघका वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी समेत घोषणा गरेका ढकालले आफ्नो स्वास्थ्यबारे लेखेका छन्, ‘मलाई स्वास्थ्यमा कुनै समस्या छैन । सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको छु । त्यसैले केही दिनयता मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनुहुन यसै सूचनामार्फत आग्रह गर्दछु ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ