arrow

मुकेश अम्बानी प्रतिघण्टा कमाउँछन् एक अर्ब ४४ करोड रुपैयाँ 

logo
प्रकाशित २०७७ असोज १३ मंगलबार
Mukesh-Ambani.jpeg

काठमाडौं । भारतीय बिजनेश टाइकुन मुकेश अम्बानीको आम्दानी अपत्यारिलो तरिकाले बढ्दै गएको छ । उनी लकडाउनमा समेत सबैभन्दा बढी आम्दानी गर्ने भारतीय बनेका छन् । 

उनी भारतका नम्बर वान बिजनेश म्यान हुन् । कोरोनाका कारण कतिपय उद्योगहरु ठप्प भइरहेका बेलामा मुकेश भने नम्बर वान उद्योगपति बन्न सफल भएका छन् । 

हुरुन इन्डिया र इन्डिया इन्फोलाइन (आईआईएफएल) वेल्थ म्यानेजमेन्ट लिमिटेडले आफ्नो हुरुन इन्डिया रिच लिष्ट २०२० को नवौं संस्करण जारी गर्दै ३१ अगष्टसम्म १ हजार करोड भारु कमाउने वा त्योभन्दा बडी कमाउनेसम्मको लिष्ट जारी गरेको हो । 

उक्त लिष्ट अनुसार रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानी लगातार नवौं वर्ष शीर्ष स्थानमा रहेका हुन् । 

मुकेशको कुल आम्दानी ६ लाख ५८ हजार ४ सय करोड भारु रहेको छ । पछिल्लो १२ महिनामा उनको कुल सम्पत्तिमा ७३ प्रतिशतले बढोत्तरी भएको छ । सन् २०२० को संस्करणमा ८२८ भारतीय सामेल रहेका छन् । 

रिपोर्टअनुसार ६३ वर्षीय अम्बानी लकडाउनका समयमा अर्थात् मार्चदेखि अगष्टभसम्म प्रतिघण्टा ९० करोड भारु (एक अर्ब ४४ करोड नेपाली रुपैयाँ) को हिसाबले कमाइरहेका छन् । 

मुकेश अम्बानी एसियाका नम्बर एक र विश्वका चौथो सबैभन्दा धनी व्यक्ति बनेका छन् । 

यस्तो छ रेकर्ड–
मुकेश (रिलायन्स इन्डस्ट्रिज) को आम्दानी ६ लाख ५८ हजार ४०० करोड हुँदा दोस्रो स्थानको हिन्दुजा ब्रदर्श (हिन्दुजा) ले १ लाख ४३ हजार ७०० करोड, तेस्रो स्थानको शिव नाडर एन्ड फेमेली (एचसीएल) ले १ लाख ४१ हजार ७०० करोड, चौथो स्थानको गौतम अडानी एन्ड फेमेली (अडानी) ले १ लाख ४० हजार २०० करोड र पाँचौं स्थानको अजीज प्रेमजी (विप्रो) ले १ लाख १४ हजार ४०० करोड भारु आम्दानी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ