arrow

धनकुटा उद्योग वाणिज्य संघद्धारा फेस शिल्ड प्रदान

logo
प्रकाशित २०७७ असोज १४ बुधबार
face-shield-dhankuta.jpg

धनकुटा । धनकुटा उद्योग वाणिज्य संघद्धारा मंगलबार संगै रहेको धनकुटा नगरपालिका वडा नंं. ६ को वडा कार्यालयका कर्मचारीहरुलाई फेस शिल्ड प्रदान गरेको छ ।

कोरोना भाइरसको महामारी फैलँदै गएकाले धनकुटा उद्योग वाणिज्य संघको च्याम्बर भवनमा रहेको धनकुटा नगरपालिका वडा नं. ६ को वडा कार्यालय र धनकुटा उद्योग वाणिज्य संघमा जनसम्पर्क बढी हुने र बढी भीडभाड हुने भएकाले कर्मचारीहरुलाई फेस शिल्ड प्रदान गरेको हो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, धनकुटा  उद्योग वाणिज्य संघका कार्यकारी सदस्यहरु उज्वल कर्माचार्य, राम घिसिङ्ग तामाङ्ग, कार्यालय प्रमुख सिचन प्रधानले वडा नं. ६ का कर्मचारीहरुलाई फेस शिल्ड प्रदान गरेका हुन् । 

धनकुटा उद्योग वाणिज्य संघले यस भन्दाअघि पनि फ्रन्टलाइनमा काम गर्ने जनसम्पर्क बढी हुने कार्यालयहरु, ट्राफिक कार्यालय धनकुटा, कोशी अञ्चल, आयुर्वेदिक औषधालय धनकुटा, नेपाल विद्युत प्राधिकरण धनकुटा, करदाता सेवा कार्यालय धनकुटा, घरेलु तथा साना उद्योग कार्यालय धनकुटा र निजि अस्पतालहरु, व्युटिशियन,  हेयर कटिङ्ग , औषधी पसल व्यावसायीहरुलाई फेस शिल्ड, मास्क सेनिटाइजर लगायत सुरक्षित सामग्रीहरु प्रदान गरेको अध्यक्ष विजय सन्तोषी राईले बताए । 

   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ