- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पुनर्वास । भवन निर्माणमा प्रक्रिया बिपरित ठेक्का दिई आर्थिक अनियमितता गरिएको उजुरी पछि अख्तियार दुरुपयोग आयोगको कार्यालयले साना किसान सहकारी संस्थामा छानबिन सुरु गरेको छ ।
कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ५ टाउन बजारमा रहेको साना किसान सहकारी सँस्थाले भवन निर्माण गर्दा आर्थिक अनियमितता गरेको आरोप लागेपछि अख्तियारले छानबिन शुरू गरेको हो ।
बुधवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर देखि खटिएको टोलिले छानबिन शुरू गरेको हो । अहिले माैखिक प्रतिक्रिया लिने र त्यसपछि आवश्यक कागजी प्रमाणको समेत छानिबन गरिने अख्तियारको कार्यालयले जनाएको छ । केही कागजातहरू अख्तियारको कार्यालयमा आईसकेको र केही आउन बाँकि रहेको अख्तियारको कार्यालयले जनाएको छ ।
साना किसान सहकारी सँस्थाले कार्यालयको माथिल्लो तला तप्ने शिर्षकमा लागत स्टिमेट र कोटेशन आह्वान नै नगरी ४६ लाख ९ हजार ५२५ रूपैँया खर्च गरेको छ । सहकारीले आठ पिल्लर सहितको माथिल्लो तलामा दुई कोठा, एक बैठक हल, किचन, शौचालय, सेफ्टि टँकी, दुई तिर पर्खाल र समर्सिबल मोटर जडान गरेको छ ।