arrow

बागलुङका बाढी पहिरोले क्षतिग्रस्त स्थानमा प्रभु बैंकको आर्थिक सहयोग 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १५ बिहिबार
asok-serchan.jpg

काठमाडौं। बागलुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ र भौतिक योजना मन्त्री रामशरण बस्नेतले निरिक्षण गरेका छन्। 

उक्त अवसरमा बाढी प्रभावित बोबाङ्ग वडा अन्तर्गतका स्थानियहरुसंग मन्त्रीद्वयले भेटघाट गरेका थिए।स्थानियहरुको समस्या बुझी शीघ्र उक्त ठाउँहरुमा केन्द्रीय बिद्युत प्रसारण लाईनको सेवा पुर्‍याउने, क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहिका लागि कार्यालय स्थापना गर्ने जानकारी मन्त्रीद्वयले गराएका थिए। 

करिब ३७ जनाले ज्यान गुमाएको सो पहिरोमा परि विद्यालय, स्वास्थ्य चौकी, लघुजल विद्युत, पुल र १०० वटा जति घर ध्वस्त भएका थिए । 

बुर्तिबाङ बजारमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिला मन्त्री र भौतिक योजनामन्त्रीले सहयोगको प्रतिबद्धता जनाएका थिए । 

उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरपालिकालाई वाढीपिडित उद्वार कोषमा रहने गरि रु ५ लाख नगद सहयोग प्रदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ