arrow

उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर दोस्रो साता

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १६ शुक्रबार
fncci-building-teku.gif

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभा एवं  निर्वाचन आगामी मंसिर दोस्रो साता हुने भएको छ । महासंघको बिहीबार बसेको कार्य समितिको बैठकले निर्वाचनको  मिति तोकेसँगै निर्वाचन मंसिर ११ र १२ मंसिरमा हुने भएको हो ।

यस अघि महासंघले निर्वाचन कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न एक समिति गठन गरेको थियो । समितिले  निर्वाचनका लागि तीन विकल्प दिएको थियो । जसअनुसार साधारण सभाको समुद्घाटन, बन्दशत्र र समापन कार्यक्रम भर्चुअल (जुम) मार्फत तथा निर्वाचन स्वास्थ्यका सबै प्रोटोकल एवं सरकारका स्वास्थ्य निर्देशनहरू पालना गरी गर्नुपर्ने विकल्प दिइएका थिए ।

सोही अनुसार महासंघको कार्य समितिले स्वास्थका मापदण्ड पालना गर्ने गरी निर्वाचन गर्न लागेको जानकारी गराएको हो । गएको साउन २१ गते सम्पन्न महासंघको कार्यकारिणी समितिको १७ औं बैठकले कार्यकारिणी समितिका ६ सदस्य सम्मिलित समिति गठन गरेको थियो ।

यसअघि महासंघको ५४औं साधारण सभा एवं निर्वाचन गत चैतमै हुनुपर्नेमा कोरोना महामारीका कारण रोकिएको थियो । त्यसपछि गत साउनमा गर्नेगरी तय भएको निर्वाचन पनि कोरोना महामारीकै कारण स्थगित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ