arrow

शेयर किन्न कुमारी बैंकको कर्जा, कर्जा लिएर शेयर खरिद गरी धितो राख्न मिल्ने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १८ आइतबार
kumari-margin-lending-scheme.jpg

काठमाडौं । कुमारी बैंक लिमिटेडले शेयर खरिदका लागि कर्जा दिने भएको छ । बैंकले नेपाल धितोपत्र विनिमय बजारमा कारोवार हुने शेयर खरिदका लागि सस्तो व्याजदरमा कर्जा उपलब्ध गराउने भएको हो । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र भण्डारीले कुमारी मार्जिन लेण्डिङ कर्जा अन्तरगत कुनै धितो नराखीकनै शेयर खरिदका लागि कर्जा उपलब्ध गराइने जानकारी दिए ।

उक्त कर्जा लिन चाहने इच्छुकले ब्रोकर मार्फत बैंकमा सम्पर्क गर्नुपर्ने बैंकले जानकारी दिएको छ । शेयर खरिद गरिसकेपछि सोही शेयर धितोको रुपमा राख्नुपर्ने छ । बैंकका अनुसार कर्जा लिनका लागि नोमिनल प्रोसेसिङ सुल्क र ब्याजदर सुल्क भने लाग्ने छ ।

शेयर बजारमा लगानी गर्न चाहने तर आर्थिक अभावले लगानीबाट वञ्चित भएकालाई मध्यनजर गर्दै उक्त कर्जाको सुविधा ल्याईएको बैंकको भनाई छ ।
उक्त कर्जा योजना हालसम्मकै निकै आकर्षक तथा उपयोगी हुनमो बैंकले विश्वास लिएको छ । यसअघि बजारमा प्रवाह हुने शेयर कर्जाहरुमा शेयर खरिद गर्नु अघि नै धितो आवश्यक रहने गरेको थियो ।

कोभिड–१९ को विषम परिस्थितिमा सीमीत भएको लगानीयोग्य क्षेत्र र सोही परिस्थितिमा आकर्षक बनेको शेयर बजारलाई मध्यनजर गरी कर्जा सुविधा ल्याइए हो । ७० वर्ष भन्दा कम उमेरका व्यक्तिले उक्त कर्जा लिने सक्ने बैंकले जनाएको छ । प्रक्रिया अघि बढाएको ७२ घण्टामै कर्जा उपलब्ध गराइने बैंकको दावी छ ।

विगत २० वर्षदेखि निरन्तर सेवा दिईरहेको कुमारी बैंकले आफ्ना १ सय ८१ शाखा, १ सय ३९ एटिएम, २२ शाखारहित बैंकिङहरू मार्फत आगामी दिनहरुमा पनि अत्याधुनिक एवं प्रभावकारी बैंकिङ सेवा दिने प्रतिवद्धता बैंकले गरेको छ । बैंकले यस वर्षको कोभिड १९को विषम परिस्थितिले शेयर बजारमा बढेको आकर्षणलाई मध्यनजर गर्दै उक्त कर्जा स्किम ल्याएको तर दशैं र तिहारलाई लक्षित भनेर खासै योजना अहिलेसम्म नल्याइएको सिइओ भण्डारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ